मुख्य समाचार
गहुँका नल सफाइ गर्दा खेतबारीमा आगो नलगाउन पालिकाद्वारा आग्रह | आजको मौसम पूर्वानुमान : पहाडी भूभागमा आंशिक बादल ,तराई क्षेत्रमा तातो लहरको सम्भावना | वीरगन्ज हुँदै छ खर्ब ९४ अर्बको वस्तु तथा सामान आयात | रास्वपा लामिछानेलाई सांसद पदबाट निलम्बन गर्न माग गरिएको निवेदन दरपिठ | बालबालिकाका समस्या र प्रहरीको भूमिकाबारे डीआईजी ओम बहादुर रानाद्वारा नगर बाल सञ्जालसँग छलफल | राज्यका निकायलाई सुदृढ बनाएर सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउनुपर्छ : प्रधानमन्त्री शाह | बर्डफ्लु नियन्त्रणका लागि सुनसरी प्रशासनको कडाइ | भर्चुअल बैठकमार्फत निर्देशन | सिरहा कारागारमा विवाद हुँदा २२ कैदीबन्दी नियन्त्रणमा | अझै तीन दिन ‘लु’ को जोखिम, पाँच दिनसम्म गर्मी बढ्ने |

मर्चवारका सहकारीमा कुनै समस्या छैन

Ujyalosandeshonline 11042+ समाचार ( )
१७ चैत्र २०८१, सोमबार

मर्चवार। मर्चवार क्षेत्रमा रहेका स्वावलम्बन सहकारीहरुमा कुनै समस्या नरहेको यहाका वचतकर्ताको भनाइ छ । देशको अन्य क्षेत्रमा सहकारीहरुले बचतकर्ताको बचत समेत फिर्ता गर्न नसकेको अवस्थामा मर्चवारमा भने बचतकर्तालाइ विभिन्न सुविधाहरु समेत प्रदान गर्ने गरेको उनिहरुको भनाइ छ ।

६८ औ राष्ट्रिय सहकारी दिवसको अवसरमा सोमबार रोइनिहवामा सम्पन्न सहकारीकर्मी एवम सन्चारकर्मी बिच अन्तरकृया कार्यक्रममा बोल्ने वक्ताहरुले मर्चवारका सहकारी अहिलेको समस्याबाट मुक्त रहेको बताएका हुन । श्री भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्थाको आयोजना तथा मधेशी पत्रकार समाज, नेपाल रुपन्देही शाखा तथा मर्चवार प्रेस क्लबको संयुक्त सहकार्यमा सम्पन्न कार्यक्रममा सहकारीका यस्ता असल प्रयासहरु सन्चारकर्मीले उठान गरिदिनु पर्ने सहकारी सन्चालकहरुको आग्रह थियो । जिल्ला सहकारी संघ रुपन्देहीका सलाहकार अशोक कुमार त्रिपाठीले सामाजिक सन्जालमा अहिले सहकारीहरु प्रती हुँदै नभएको विभिन्न नकारात्मक सन्देशहरु आउने गरेको हुदा सन्चारकर्मीहरुले यसलाइ चिर्न स्थलगत अवलोकन गरि मात्र समाचार सम्प्रेषण गरिदिन आग्रह गरे । 

भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारीका ब्यवस्थापक अशोक कुमार तिवारीले मर्चवारमा अझै पनि सहकारी शिक्षाको कमि रहेकोले नेपाल सरकारले प्रविधीमैत्री एक घर एक सहकारी शिक्षा आवश्यक रहेको औल्याए । उनले नियम अनुसार नै समुदाय स्तरमै सहकारी सन्चालन हुनु मर्चवारका सहकारीको दिगो सन्चालनको आधार रहेको बताए । उनले २०५७ साल माघको २२,२३ र २४ गते मर्चवारमा १४ वटा स्वावलम्बनहरुको गठन गरिएको उनले बताए । हाल १४ वटा सहाकरीमा १० करोड ४२ लाख १३ हजार ५ सय रुपैया शेयर पूंजी रहेको उनले बताए । ९ करोड ९२ लाख १२ हजार रुपैया रहेको उनले जानकारी दिए । ८५ करोड ७५ लाख १५ हजार रुपैया ऋण लगानी रहेको १४ वटै सहकारीहरुको कुल सम्पत्ती १ अर्ब ११ करोड बढी रहेको छ । १४ वटा सहकारीमा गरि कुल १५ हजार ७ सय २० सदस्य मध्ये ८ हजार ३ सय ७२ जना महिला रहेको तिवारीले जानकारी दिए । 

मधेशी पत्रकार समाज लुम्बिनी प्रदेश अध्यक्ष रामविकास चौधरीले समुन्नत समाज निर्माणका लागि सहकारीकर्मी र सन्चारकर्मीबिच सहकार्य आवश्यक रहेको बताए । उनले पत्रकार भनेको ऐना जस्तै रहेको र ऐनाले जस्ताको त्यस्तै देखाउने भएकोले यसलाइ नकारात्मक रुपमा नबुझ्न आग्रह गरे ।

भवानी स्वावलम्बन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका अध्यक्ष जयराम गडेरियाको अध्यक्षता जिल्ला सहकारी संघ रुपन्देहीका सलाहकार अशोक कुमार त्रिपाठीको प्रमुख आतिथ्यता, मधेशी पत्रकार समाज लुम्बिनी प्रदेशका अध्यक्ष रामविकास चौधरी तथा मर्चवारी सहकारी सन्जालका संयोजक फूलमन केवटको विशिष्ट आतिथ्यतामा सम्पन्न कार्यक्रममा सहकारीका ब्यवस्थापक अशोक कुमार तिवारी, मधेशी पत्रकार समाज रुपन्देहीका अध्यक्ष राधेश्याम विश्वकर्मा, मर्चवार प्रेस क्लबका अध्यक्ष हृदयराम गुप्ताले बोलेका थिए । कार्यक्रम सहकारीका कर्मचारी राम अनुज प्रताप नारायण त्रिपाठीको सन्चालन र स्वावलम्बनको कोषाध्यक्ष राम केवल यादवको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार