मुख्य समाचार
पाल्पा पूर्ण संस्थागत प्रसुति सेवा तथा पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा | ट्राउट फार्मबाटै जीवन धान्दै, पर्यटक तान्दै गुरुङ दाजुभाइ | सदनमा सांसदको कहर : ‘ काठमाडौँमा रेल र सुरुङमार्गको चर्चा चलिरहँदा कर्णालीमा डोकामा बिरामी बोकेर घण्टौँ हिँड्नुपर्ने अवस्था छ’ | शैक्षिक सामग्री वितरण गरी शेषमणिले मनाए आफ्नो जन्मदिन | लिची | ‘रेडपाण्डा’को अवस्था पहिचान गर्न ‘क्यामेरा ट्यापिङ’ | एक महिनामा २०५ अपराधका मुद्दा दर्ता | नुन पनि गुणस्तहीन ! आयोडिनविहीन नुन बिक्रीवितरणलाई तत्काल रोक्न चिकित्सकद्वारा माग | मनाङ गाउँ | स्थानीय उत्पादनको बजारीकरण गर्दै बडिगाड |

बाढी पहिरोमा परेर ५२ जनाको मृत्यु,उद्दार कार्य जारी

Ujyalosandeshonline 11304+ समाचार ( )
२१ अशोज २०८२, मङ्गलबार

काठमाडौं । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख ई.दिनेश प्रसाद भट्टले मध्यान्न १२ बजेसम्मको विवरण अनुसार ५२ जनाको निधन भएको जानकारी दिएका छन् । मंगलबार अविरल वर्षाबाट भएको विपद्का घटना एवम् खोज, उद्धार तथा राहत सम्बन्धी पत्रकार सम्मेलनमा उनले हालसम्म पहिरोमा परि ३९ जना, बाढिमा ११ जना र चट्याङबाट  २ जना गरि ५२ जनाको मृत्यु भएको जानकारी दिएका हुन् । 

उनले भने, ‘मध्यान्न १२ बजेसम्मको विवरण अनुसार मानविय क्षतिमा ५२ जनाको निधन भएको छ । पहिरोमा परि ३९ जना, यसमा इलाममा ३७ जना, पाँचथरमा १ जना, काभ्रेमा १ जना रहेका छन् । बाढिमा ११ जनाको मृत्यु भएको छ । यसमा उदयपुरमा २ जना, धनुषा २, इलाम १, पाँचथर १, खोटाङ १, भोजपुरमा १ जना, मोरङ १ जना, सुनसरी १ र रौतहटमा १ जना रहेका छन् । यसैगरि रौतहटमा चट्याङबाट पनि २ जनाको मृत्यु भएको छ । बेपत्ता अहिलेसम्म रसुवामा ४ जना, इलाममा १ जना हुनुहुन्छ र घाइते ४७ जना हुनुहुन्छ । पहिरोका घाइते ३३ जना, चट्याङ्का घाइते १४ जना रहेका छन् ।’ 

यस्तै, उनले बेपत्ताहरुको खोज उद्धारको कार्य तीन वटै सुरक्षा निकाय र स्वंमसेवक साथिहरु खटिएको भन्दै संघीय सरकार र प्रदेश सरकारले घाइतेहरुको उपचार निशूल्क गरेको पनि बताए । 

उनले भने, ‘बेपत्ताहरुको खोज उद्धारको कार्य जारी छ । तीन वटै सुरक्षा निकाय परिचालित छन् भने रसुवाको बाढिमा स्वंमसेवक साथिहरु पनि हुनुहुन्छ । खोज उद्धार कार्य जारी रहने नै छ भने घाइतेहरुको उपचार नेपाल सरकारले निशूल्क गर्ने भनेको छ र प्रदेश सरकारको तर्फबाट पनि आफ्नो प्रदेशमा भएको अस्पतालहरुमा निशूल्क उपचार गराउने कुरा गर्नु भएको छ ।’ 

तीन वटै सुरक्षा निकायहरु, नेपाल सरकारका संघीय मन्त्रालयहरु मात्र नभई एनजिओ, आइएनजिओहरु देखि लिएर सबैको आफनत्व भएको प्रतिकार्य योजना भयो भने काम कागजी मात्र नभई भौतिक रुपमा पनि हुने भन्दै सोही हिसाबले सबैलाई लिएर अगाडि बढेको पनि उनको भनाई छ ।  

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार