मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

सरकार जनताको होइन, पूँजीपतिहरुको पक्षमा छ : झलनाथ खनाल

Ujyalosandeshonline 12548+ समाचार ( )
२० वैशाख २०८२, शनिबार

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले सरकारमा दलाल पूँजीवादी पार्टीहरु रहेकाले जनताको हितमा नीति तथा कार्यक्रम नबनेको बताएका छन् । नेपाल आदिवासी जनजाती महासंघ समाजवादीको दोस्रो राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा बोल्दै उनले सरकारले ल्याएको नीति तथा कार्यक्रमले  जनताको समस्या समाधान नगर्ने बताएका हुन् । 

‘अहिले दुई वटा पार्टीको सरकार छ एउटा पार्टी दलाल पूँजीवादी पार्टी हो । त्यो पार्टीले जनताको समस्या समाधान गर्ला भनेर आम जनताले सोचेकै छैन । किनभने त्यो समस्या समाधान गर्ने उनीहरुसँग नीति पनि छैन, कार्यक्रम पनि छैन । हिजो पनि छैन, आज पनि छैन । अहिले बजेट आयो त्यहाँ पनि छैन । यो बजेट त नेपाली कांग्रेको मात्र त हैन, सरकारमा ७ वटा पार्टी छन् । दोस्रो ठुलो पार्टी नेकपा एमालेले पनि ल्याएको नीति कार्यक्रम हो तर यो नीति कार्यक्रममा कांग्रेसको नीति र कार्यक्रम भन्दा भिन्न केही छैन । यो दुःखद् कुरा हो,’उनले भने । 

नेता खनालले सरकारमा भएको पार्टीले ल्याएको नीति कार्यक्रमबाट आफूहरु फरक बाटो हिड्नुपर्नेमा स्पष्ट भएको पनि बताए । उनले भने,‘यो पार्टीले शोषण अन्यायमा परेका जनताहरुको समस्याहरु समाधान गर्न सक्दैन भन्ने कुरा हिजोको नीति तथा कार्यक्रमले प्रस्ट भयो । त्यसो हुनाले हामी फरक बाटो हिड्नुपर्छ भन्ने कुरामा हामी प्रस्ट भएका छौँ । पूँजीवादी संघीय गणतन्त्रले जनताका आधारभूत आवश्यकता पुरा गर्न सक्दैन । पूँजीवादी आफै शोषणको व्यवस्था हो।’

उनले अहिलेको व्यवस्थासँग लडाइ गर्दै आफ्ना मागहरु पुरा गर्ने तर समस्या हल गर्छ भनेर आशा नगर्ने बताए । उनले समाजवादी व्यवस्था नआएसम्म आवश्यकता पुरा नहुने भन्दै समाजवाही क्रान्ति आजको आवश्यकता रहेको पनि बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार