मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

एसईईका लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम

Ujyalosandeshonline 12321+ समाचार ( )
४ चैत्र २०८१, मङ्गलबार

रौतहट । यस वर्षको माध्यमिक शिक्षा(एसईई) परीक्षाको लागि रौतहटमा ४० वटा परीक्षा केन्द्र कायम गरिएको छ । जिल्ला भरीमा १ सय २७ वटा विद्यालयबाट १० हजार ४ सय ८४ जना परिक्षार्थीहरु परीक्षामा सामेल हुदैछन । एसईई परीक्षामा साधारण नियमित तर्फ ५ हजार १ सय ७२  छात्र तथा ४ हजार ७ सय ६२ जना छात्रा परिक्षार्थी सहभागी हुने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटका प्रमुख वीरेन्द्र जंग थापाले बताए । 

उनका अनुसार प्राविधिक र ग्रेड वृद्धि तर्फ गरी कुल १० हजार ४ सय ८४ जना विद्यार्थीहरु एसईई परीक्षामा सहभागी हुन लागेका हुन् । माध्यमिक शिक्षा(एसईई) परीक्षाको तयारी अन्तिम चरणमा पुगेको उनले जानकारी दिए  ।

हरेक परीक्षा केन्द्रमा १५ जनाको दरले करिब ६ सय जना सुरक्षाकर्मी परिचालन गर्ने तयारी थालिएको इकाइ प्रमुख थापाले बताए । एसईई परीक्षाको लागि ४० जना केन्द्राध्यक्ष, ४८ जना सहायक केन्द्राध्यक्ष, ५०६ जना निरीक्षक, ८८ जना परीक्षा सहायक,१९५ जना कार्यालय सहयोगि परिचालन गरिने शिक्षा विकास तथा समन्वय इकाइ रौतहटले जनाएको छ ।

यस बर्षको एसईई परीक्षामा यहाँका ९९ वटा सामुदायिक विद्यालय , २० वटा संस्थागत विद्यालय , ८ वटा प्राविधिक विद्यालय र १ खुला सहित गरि १ सय २७ वटा विद्यालयको सहभागीता रहने भएको हो । एसईई परीक्षा चैत ७ गतेबाट हुन लागेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै