मुख्य समाचार
भूमिहीन नागरिकको जग्गा व्यवस्थापनका लागि नापनक्सा | हावाहुरीले मर्चवारीमाईमा केरा खेती नष्ट: कृषक यादवको लाखौंको क्षति | मर्चवारीमाई गाउँपालिकाद्वारा उत्कृष्ट एसईई विद्यार्थी सम्मानित | उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ |

रबि लामिछाने माथि भएको अन्याय विरुद्ध अन्तर्राष्ट्रिय अदालत जान्छु : निकिता पौडेल

Ujyalosandeshonline 11506+ समाचार ( )
२९ श्रावण २०८२, बुधवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दालाई लिएर उनकी पत्नी निकिता पौडेलले गृहमन्त्री रमेश लेखकमाथि न्यायिक प्रक्रियामा प्रत्यक्ष हस्तक्षेप गरेको आरोप लगाएकी छन् । लामिछाने माथि भएको अन्याय विरुद्ध उनले आफू उच्च अदालत बुटवल हुँदै अन्तर्राष्ट्रिय अदालतमा जाने समेत घोषणा गरेकी छन् ।

बुधबार सामाजिक सञ्जाल फेसबुक मार्फत लामो स्टाटस सार्वजनिक गर्दै उनले न्यायालयमा राजनीतिक प्रभावका कारण निष्पक्षता खल्बलिएको गम्भीर दाबी गरेकी हुन् । उनले लेखेकी छन्, ‘आम थुनुवाले पाउने अड्डासारको सुविधा मेरो श्रीमानलाई अदालतले आदेश दिए पनि गृहमन्त्रीको निर्देशनमा रोकिन्छ ।’ पौडेलका अनुसार अदालतमा मुद्दाको पेसी चढेपछि न्यायिक परिषद्मा उजुरी पुग्ने र ती उजुरीहरू गृहमन्त्रीको कार्यकक्षमै ड्राफ्ट हुने गरेको छ ।

निकिता पौडेलले गृहमन्त्री लेखकमाथि न्यायाधीशलाई डराउने नियतका साथ उजुरीहरू मिडिया र अन्य माध्यमबाट फैलाउने प्रयास गरिएको पनि दाबी गरेकी छन् । ‘उजुरीको ड्राफ्ट आफ्नै कोठामा तयार गरेर, समाचार लिंक सबैलाई मोबाइलमा पठाउने आदेश दिनुहुन्छ, न्यायाधीश तर्साउन नाङ्गिएर लाग्नुहुन्छ,’ उनको स्टाटसमा उल्लेख छ ।

त्यसैगरी, रवि लामिछानेविरुद्धका सबै मुद्दा लेखक गृहमन्त्री भएपछि मात्र उठाइएका हुन् भन्दै उनले यो घटनाक्रमलाई सुनियोजित षड्यन्त्रको संज्ञा दिएकी छन् । अदालतमा बहसको क्रममा सरकारी वकिलहरू जवाफ दिन नसक्ने तर फैसला भने रवि लामिछानेविरुद्ध आउने आरोप पनि उनले लगाएकी छन् ।

‘इजलासले सोधेको प्रश्नको जवाफ सरकारी पक्ष दिन सक्दैन, तर फैसला कहिल्यै हाम्रो पक्षमा आउँदैन,’ स्टाटसमा भनिएको छ । निकिता पौडेलले प्रधानमन्त्री, कानुनमन्त्री र गृहमन्त्रीले न्यायाधीशहरूलाई फोन गरेर दबाब दिने गरेका कुरा आफूले पहिले नसुनेको तर अहिले प्रत्यक्ष अनुभूति भएको बताएकी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार