मुख्य समाचार
अर्थमन्त्री डा वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच अमेरिकामा द्विपक्षीय भेटवार्ता | लालबकैया तटबन्ध मर्मत तथा विस्तारको माग गर्दै प्रधानमन्त्रीसमक्ष निवेदन | सुन्तलामा रोग लागेपछि किसान चिन्तामा | लुम्बिनी र सीमावर्ती पर्यटन प्रवर्द्धनका लागि भैरहवामा दुई दिने सडक खाना महोत्सव | नारायणी नदीले बगाएको राइनो क्रुज अझै झिक्न सकिएन | व्यवसायीको सुझावमा सार्वजनिक खरिद ऐनको दोस्रो संशोधन : मन्त्री लम्साल | भैरहवा घुम्ती शिविरबाट अपाङ्गता भएका ८१ बालबालिका लाभान्वित | सडक खन्ने क्रममा पहिरो खस्दा तीन जना पुरिए : उद्धार जारी | चिकित्सकको अभावमा सास्ती भोग्दै बर्दिया अस्पताल | अब्दुल सत्तार मुस्लिम क्लस्टरबाट कांग्रेसको सहमहामन्त्री उम्मेदवार |

बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते

Ujyalosandeshonline 12461+ समाचार ( )
२ फाल्गुन २०८१, शुक्रबार

सर्लाही । सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जंगलमा बस पल्टिँदा १५ जना यात्रु घाइते भएका छन् । महोत्तरीको बर्दिवासमा लघु बित्तिय संस्था विरुद्ध संघर्ष समिति मधेश प्रदेशको आयोजना भएको कार्यक्रममा सहभागी भई पथलैया तर्फ जाँदै गरेको बस अनियन्त्रित भई दुर्घटना भएको हो ।

ईश्वरपुर नगरपालिका वडा नम्वर १३ पूर्वपश्चिम राजमार्ग अन्तर्गत पर्ने बाँके जंगलको घारी बथान जाने चोक नजिक तीब्र गतिको कारण आफंै अनियन्त्रित भई पल्टिदा १५ जना घाईते भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । 

बर्दिवासबाट पथलैया तर्फ जाँदै गरेका ना. ७ ख. ३६४३ नम्वरको सिटी राईड बस दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता एवं प्रहरी निरीक्षक बालिष्टर सिंहले बताए । बस दुर्घटनामा बाराकी लक्ष्मी देवी थरुनीको , राजवती महरा, रुमा कुमारी चौधरी, शुशिला सिंह, सविता सिंह, चनिया देवी दनुवार, पर्साकी लालपरी देवी लगायत घाइते भएको उनले बताए । 

उनका अनुसार  घाइते यात्रुहरुको लालबन्दीका अस्पतालमा उपचार भईरहेको छ ।बसमा  ३७ सबार रहेको प्रहरीले जानकारी दिएको छ । यस विषयमा आवश्यक अनुसन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार