मकवानपुरमा शिकार खेल्न गएका साथीको बन्दुक पड्किएर एक जनाको मृत्यु

Ujyalosandeshonline 11543+ समाचार ( )
२९ मंगशिर २०८२, सोमबार

हेटौँडा । मकवानपुरको मनहरी गाउँपालिका–६ स्थित सिस्नेरी पखेरा जङ्गलमा शिकार खेल्न गएका ५० वर्षीय सेते थिङको साथीले बोकेको भरुवा बन्दुक पड्किएर मृत्यु भएको छ । प्रहरीका अनुसार, राक्सिराङका ४५ वर्षीय गोपाल ब्लोन र मृतक थिङ शिकार खेल्न जङ्गल पसेका थिए ।

हिँड्ने क्रममा अगाडि रहेका गोपालको खुट्टा लहरामा अल्झिएर लड्दा अचानक बन्दुक पड्किएको र पछाडि रहेका सेतेलाई गोली लाग्दा उनको घटनास्थलमै ज्यान गएको हो । प्रहरीले घटनास्थलबाट २ थान भरुवा बन्दुक बरामद गरी घटनाको थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार