मुख्य समाचार
फुटपाथ निर्माणकार्य गरिँदै | मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण | लमजुङको भुजुङः मौलिक संस्कृति बोकेको पर्यटकीय गाउँ | आज मिथिलामा ‘बर्साइत’ पर्व मनाइँदै | व्यावसायिक तरकारी खेती | गर्मीका कारण कञ्चनपुरका दुई नगरपालिकामा विद्यालय बिहानी सत्रमा सञ्चालन हुने | मलको अभाव अन्त्य गर्न स्वदेशमै कारखाना खोलौँ, हरेक वर्ष रोएर बस्ने होइन : सांसद ताहिर अली भाट | विभिन्न शैक्षिक परामर्श केन्द्रका ६९ जना सञ्चालक नियन्त्रणमा | पंचकन्या रूपन्देही सुपरलिगः मेलवर्नद्वारा नेपथ्य तिलोत्तमा पराजित | ‘करेन्ट’ र ‘लाली’ चाउचाउसहित ‘ज्याकन्याक क्रेकर्स’ बिस्कुट गुणस्तरहीन, बजारबाट तत्काल फिर्ता गर्न सरकारको आदेश |

द्वन्दको घाउ मेटाउने गरी परिपुरणका योजना कार्यान्वयनमा आउँछन् : मुख्यमन्त्री आचार्य

Ujyalosandeshonline 11279+ समाचार ( )
१४ माघ २०८१, सोमबार

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सरकारले द्वन्दको घाउ सधैका लागि मेटाउने गरी परिपुरण लगायतका कामलाई सरकारले प्राथमिकतामा राखेको बताएका छन् ।

अमर प्रहरी परिवार र अशक्त प्रहरी संघ लुम्बिनी प्रदेश समितिसँगको छलफलमा मुख्यमन्त्री आचार्यले संघीय सरकारले परिपुरणको कामलाई अघि बढाउने र प्रदेश सरकारले द्वन्दपीडितको उपचार र उद्यमशीलतालाई प्राथमिकतामा राखेर कार्यक्रम सञ्चालन गरिने बताएका हुन् ।

‘द्वन्दको घाउ सधैका लागि मेटाउने गरी सरकारले काम अघि बढाएको छ । कानूनी रुपमा नै यो समस्या समाधान गर्न सरकारले विधेयक समेत पारित गरेर कार्यान्वयन चरणमा पुर्याएको छ’मुख्यमन्त्री आचार्यले भने,‘प्रदेश स्थापना भएदेखि नै द्वन्दपीडित र तिनका परिवारका सदस्यको उपचार निःशुल्क गर्ने, उत्पादनसँग जोड्न सीपमूलक तालिम सञ्चालन गरिएका छन् । यसबाट पनि यहाँहरुले लाभ लिनुभयो होला भन्ने लागेको छ ।

’द्वन्दपीडितको समस्या समाधान गर्न संघीय सरकारले काम गरिरहेको र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनको कामलाई पनि सहमतिको आधारमा अघि बढाउने प्रयत्न सरकारले गरेको उनको भनाइ छ । ‘यही सरकारले नै टीआरसी विधेयक ल्यायो । त्यसलाई कार्यान्वयन गर्न आयोग बनाउने काममा पनि ध्यान दिएको छ ।

सहमतिको आधारमा यो समस्या समाधान गर्न सरकारले पहल लिएको कुरा यहाँहरुलाई थाहा छदैछ’ उनले भने,‘लुम्बिनी प्रदेश द्वन्दबाट प्रभावित भएको र धेरै क्षति व्यहोरेको मध्यमा पर्छ ।सरकारले परिपुरणको योजना निर्माण गरेर अघि बढ्छ ।’ 

संस्थापक अध्यक्ष तथा संरक्षक नवराज श्रेष्ठ र कोषाध्यक्ष हरि सुनारले परिपुरणका योजनासँग जोडिएका विषयहरु समेटिएको ज्ञापनपत्र समेत बुझाएका थिए । विभिन्न उपयुक्त स्थानमा शहीद स्मारक, शान्ति पार्क निर्माण, आर्थिक सहायता लगायका बिषयहरु समेटिएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार