मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

जनतालाई समान अवसर प्रदान गरेमात्र बीपीको सपना साकार हुन्छ : डा.संग्रौला

Ujyalosandeshonline 12548+ समाचार ( )
२५ भाद्र २०८१, मङ्गलबार

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवम पेशागत तथा वुद्धिजिवी विभागकी प्रमुख डा।डिला संग्रौलाले सबै जनतालाई समान अवसर प्रदान गरेमात्र बीपी कोइरालाको सपना साकार हुने बताएकी छन् । मंगलबार नेपाली कांग्रेसको पेशागत तथा वुद्धिजिवी विभागले आयोजना गरेको ‘बीपीको समाजवाद आजको सान्दर्भिकता’ विषयक विचार गोष्ठी कार्यक्रममा बोल्दै उनले बीपीको सपना भनेको नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहका नागरिकलाई सहजै रुपमा शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने रहेको औंल्याइन ।

‘वीपीले एउटा सपना देख्नु भएको थियो । त्यो सपना नेपाललाई समृद्ध बनाउने मात्र होइन हरेक वर्ग, समूदाय र सबै तहलाई शिक्षा, औषधी, रोजगारी प्रदान गर्ने थियो । यही नै आजको प्रजातन्त्रको बाटो हो । तर पनि आज लाखौ युवाहरु बेरोजगार छन्, विदेशिनु परेको छ । उनीहरुलाई नेपालमा भित्राएर रोजगारी दिने अवसर सिर्जना गर्नु नै आजको समाजवादको पाटो हो,’ उनले भनिन् । 

महिला, आदिवासी जनजाति, अल्पसंख्यक वा सिमान्तकृत समूदायलाई समान अधिकार प्रदान गर्न सकेमात्र समाजवादको पालना हुने उनको धारणा थियो ।

उनले अगाडि भनिन्, ‘हिजोआज महिलाहरुले अझै पनि समाजवादमा मेरो सम्मान हुनुपर्छ भनेर प्रश्न गर्नुपर्ने अवस्था छ । यस्तो हुनुहुँदैन । बीपीको सपना साकार पार्न हरेक जनताले समान अधिकार पाउनैपर्छ । यसका लागि हामी सबै लडनुपर्ने वा जुट्नुपर्ने अवस्था छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा, महामन्त्री गगन थापालगायतले आजको सन्दर्भमा बीपी कोइरालाको विचारको समिक्षा गरेका थिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार