मुख्य समाचार
हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ | पहिरोले अवरुद्ध चेपाङ मार्ग आंशिक सञ्चालन | सुदूरपश्चिममा वन्यजन्तु अपराध नियन्त्रण प्रभावकारी बन्दै | कालीगण्डकी करिडोर सञ्चालनमा | अन्नपूर्ण आधार शिविरबाट जलवायु न्यायको आवाज | विमानस्थल सुरक्षामा उत्कृष्ट कार्य गरेको भन्दै असई गोमा के.सी. पुरस्कृत |

एशियन तेक्वान्दो प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा

Ujyalosandeshonline 12437+ समाचार ( )
१० जेठ २०८१, बिहीबार

काठमाडौं । अन्तर्राष्ट्रिय तेक्वान्दो महासंघले प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दो प्रतियोगिताको आयोजना गर्ने भएको छ । बिहीबार महासंघले दशरथ रंगशालामा पत्रकार सम्मेलन गर्दै प्रथम सिएचआईटीएफ एशियन तेक्वान्दा प्रतियोगिता भोलि जेठ ११ गतेदेखि १३ गतेसम्म ललितपुरको कराँते महासंघ एकडेमि, सातदाबाटो हुने प्रतियोगिताको उद्घाटन पूर्वप्रधानमन्त्री एवम् एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गर्ने जनाएको छ । 

नेपाल सीएचआईटीएफ तेक्वान्दो विभिन्न गतिविधी अन्तर्गत परिवर्तन, विकास र समृद्धी ल्याउनका लागि संघको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायसँग समन्वय गरिरहेको अवस्था तेक्वान्दो खेलको विकास र विस्तार गरी युवा खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा प्रतिस्पर्धा गर्न सक्ने वातावरण सिर्जना गर्ने लक्ष्यले प्रतियोगिताको आयोजना गर्न लागेको संघले जनाएको छ । 

महासंघका अनुसार तेक्वान्दो प्रतियोगितामा नेपाल, मलेसिया, बंगलादेश, भारत, चीन, पाकिस्तान, भियतनाम, फिलिपिन्स, श्रीलंका, सिंगापुरका करिब २ हजार ५ सय खेलाडीहरु सहभागी हुनेछन् । 

प्रतियोगितामा एकल स्पाईरिङ, एकल काँटा र समूह काँटा गरि तीन समूहमा प्रतिस्पर्धा गरिने आयोजक नेपाल चान हुन अन्तरराष्ट्रिय तेक्वान्दो महासंघका अध्यक्ष कुलबहादुर बुढामगरले जानकारी दिए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार