मुख्य समाचार
त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात | बृहत्तर पशु विकास प्रवर्द्धन कार्यक्रमबाट किसान लाभान्वित | ढोल–झ्याम्टासँगै जाग्दैछ पाल्पाको लाखे संस्कृति | विपद् प्रभावितका लागि मोबाइल व्यवसायी संगठन रुपन्देहीद्वारा १ लाख १ हजार सहयोग | बाढीमा बेपत्ता भएकाका आफन्त शिक्षण अस्पतालमा पर्खाइमा |

बबिता विष्टलाई उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार, अन्य चार सम्मानित

Ujyalosandeshonline 12198+ समाचार ( )
१५ फाल्गुन २०८०, मङ्गलबार

काठमाडौं । दुर्गम क्षेत्र, दार्चुला अस्पतालमा कार्यरत अनमि बबिता विष्ट उत्कृष्ट स्वास्थ्यकर्मी घोषित भएकी छन् ।

मंगलबार स्वास्थ्य सेवा दिवस २०८० को अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको एक कार्यक्रममा उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार २०८० उनलाई प्रदान गरिएको हो । उनलाई प्रदान गरिएको पुरस्कार राशी एक लाख रुपैयाँ रहेको छ ।

अनमि छैटौं तहमा २०७६ सालदेखि हाल दार्चुला अस्पतालमा कार्यरत विष्टले लामो समयसम्म महाकाली अञ्चल अस्पतालमा कार्य गरी स्वास्थ्य सेवा क्षेत्रमा योगदान गरेको मन्त्रालयले जनाएको छ ।

यस्तै, स्वास्थ्य सेवा पुरस्कारबाट चार जनालाई सरकारले सम्मान गरेको छ ।   सम्मानित हुनेमा २०५४ सालदेखि कालिकोट जिल्ला अस्पतालमा कार्यरत दीर्घ बहादुर नेपाली, ‘सि’अनमि पाँचौं तहमा बारा जिल्लामा कार्यरत किरण कुमारी रहेकी छन् ।

यस्तै, कर्णलीको दुर्गम क्षेत्रका महिला र शिशूको स्वास्थ्य सेवामा विगत २४ वषर््ादेखि अनवरत सेवा गरिरहेका सुर्खेत अस्पतालमा कार्यरत एघाराँै तहका गाइनोक्लोजिस्ट डा.केशर बहादुर ढकाल र फार्मेसी क्षेत्रबाट फार्मेसी निरिक्षक शुष्मा थपलियालाई स्वास्थ्य सेवा पुरस्कार २०८० बाट पुरस्कृत गरिएको छ ।

स्वास्थ्य सेवा पुरस्कारबाट सम्मानित हुने चारै जनालाई कदरपत्र सहित ५० हजार रुपैयाँको पुरस्कार राशीले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, स्वास्थ्य सचिवलगायतले माला र खादा लगायर सम्मान गरे ।  

सम्मानित हुने पाँचै जनालाई दुर्गम क्षेत्रमा काम गरेको अनुभव, स्वास्थ्य सेवाको क्षेत्रमा पुर्याएको योगदान, कार्यसम्पादन मूल्यांकन तथा स्थानीय र प्रदेशबाट सिफारिस भई आएको नामको आधारमा स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरिएको हो । उनीहरुको नाम सिफारिस समितिको संयोजक मुख्य सचिव बैकुण्ठ अर्यालको टोलीले छनोट गरी मन्त्रिपरिषद्बाट पास गराइएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार