मुख्य समाचार
विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी | अर्घाखाँचीमा पेट्रोलियम पदार्थको अभाव छैन, कालोबजारी गर्नेलाई कडा कारबाही गर्ने प्रशासनको चेतावनी | अर्घाखाँचीमा वन डढेलो नियन्त्रणका लागि मिनी दमकलसहित दस्ता परिचालन, २४ घण्टामै अनलाइन रिपोर्टिङ गरिने |

सुरक्षा निकायका टोलीद्वारा मतदानस्थलको अनुगमन

रासस 399+ समाचार ( )
६ माघ २०८२, सोमबार

म्याग्दी। आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन–२०८२ का लागि जिल्लामा तयारी तीव्र पारिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय, जिल्ला निर्वाचन कार्यालय, प्रशासन, सुरक्षा निकाय र राजनीतिक दलहरु चुनावको तयारीमा जुटेका हुन् । जिल्ला निर्वाचन अधिकारी बिमलप्रसाद गौतमले मतदानस्थल, मतदान केन्द्र छनोट, अन्तिम मतदाता नामावली कायम, अस्थायी मतदाता नामावली सङ्कलन, कर्मचारी र मतदान सामग्रीको व्यवस्थापनमा जुटेको जानकारी दिनुभयो ।  

प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एक निर्वाचन क्षेत्र र छ स्थानीय तह रहेको जिल्लामा ८६ हजार तीन सय ९७ मतदाता छन् । ४२ हजार तीन सय ३२ जना पुरुष, ४४ हजार ६४ जना महिला र एक जना यौनिक तथा लङ्ैगिक अल्पसङ्ख्यक समुदायका मतदाता रहेका छन् । 

अघिल्लो चुनावको तुलनामा आगामी चुनावका लागि दुई सय ७७ जना मात्र मतदाता थपिएका हुन् । विसं २०७९ मा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा ८६ हजार एक सय २० जना मतदाता थिए। ८२  मतदानस्थल र एक सय २० मतदान केन्द्र कायम भएको छ । जिल्ला सुरक्षा समितिले भौगोलिक अवस्था र सुरक्षाका हिसाबले मतदान केन्द्रलाई अति संवेदनशील, संवेदनशील र सामान्य वर्गमा विभाजन गरिएको छ । 

१५  अति संवेदनशील, ५८संवेदनशील र आठ सामान्य मतदानस्थल प्रमुख जिल्ला अधिकारी रवीन्द्र आचार्यले बताउनुभयो । मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापा, प्रजिअ आचार्यलगायत सुरक्षा अधिकारीको टोलीले मतदानस्थलको अनुगमनलाई तीव्रता दिनुभएको छ । निर्वाचन प्रहरीमा भर्ना हुनका लागि म्याग्दीमा एक हजार छ सय १९ जनाको आवेदन परेको प्रहरी नायब उपरीक्षक सूर्यबहादुर थापाले बताउनुभयो । सोमबारदेखि निर्वाचन प्रहरी छनोट प्रक्रिया अघि बढाइने उहाँले बताउनुभयो । म्याग्दीमा आठ सय ६१ जना निर्वाचन प्रहरी भर्ना गरिने भएको छ । 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले चुनावको तयारीका विषयमा राजनीतिक दल र सरोकारवालासँग छलफल गरेको छ । जिल्ला न्यायाधीशसमेत रहेका मुख्य निर्वाचन अधिकृत सूर्यबहादुर थापाले जिल्लाका सबै सरोकारवालाको सहयोगबाट म्याग्दीमा आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ र निपष्क्ष रुपमा सफल बनाइने बताउनुभयो ।  “जिल्लामा सबै पक्षसँग सहकार्य गरेर चुनावलाई स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गराउनका लागि हामी अघि बढेका छौँ,” उहाँले भन्नुभयो “सामूहिक प्रयत्नबाटनै चुनावलाई स्वच्छ र निष्पक्ष बनाउने राष्ट्रिय दायित्व पूरा हुनेछ ।” 

जिल्लामा नेकपा (एमाले) र नेपाली कम्युनिष्ट पार्टीले प्रतिनिधिसभा सदस्यको उमेदवार टुङ्गो लगाएका छन् । एमालेले केन्द्रिय सदस्य हरिकृष्ण श्रेष्ठ र नेकपाले युवा नेता अर्जुन थापालाई उमेदवार बनाउने निर्णय गरेको हो । नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राप्रपालगायत राजनीतिक दलको उमेद्वार टुङ्गो लगाउन बाँकी छ । नेपाली कांग्रेसले जिल्ला सभापति खमबहादुर गर्बुजा (खम्बिर) र उपसभापति कर्णबहादुर भण्डारी (केबी) तथा रास्वपाले जिल्ला सभापति युवराज रोकाको नाम उमेदवारका लागि सिफारिस गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै