कक्षा कोठामा पानी जमेपछि पठन पाठनमा समस्या

Ujyalosandeshonline 11543+ समाचार ( )
१८ असार २०८१, सोमबार

रौतहट । रौतहटको दुर्गा भगवती गाँउपालिकाका विभिन्न स्थानमा वर्षाको पानी जमेपछि पठन पाठनमा समस्य भएको छ । वडा नम्बर १ स्थित जनता प्राथमिक आधारभुत विद्यालयको चौर र कक्षा कोठामा नै वर्षाको पानी जमेपछि हो । 

आइतबार साँझको वर्षाको पानी विद्यालय परिसरमा जमेको कारण विद्यार्थीहरुलाई असहज भएको नेपाल पत्रकार महासंघ रौतहटका सह सचिव सन्जय सहनीले बताए । 

उनले सामजिक सन्जल फेसबुकमा पूर्वप्रधानमन्त्री एवं बर्तमान सासद माधब नेपालको निर्वाचन क्षेत्रमा पर्ने यस विद्यालयको समस्याले दुखित बनाएको भन्दै सासद, प्रदेश सासद र गाँउपालिकाका जनप्रतिनिधिको ध्यानाकर्षण गराएका छन । 

वर्षातको पानी जमेका कारण सो विद्यालयका विद्यार्थीहरु पानीमा डुबेर गरेको प्राथनाले र कक्षा कोठामा समेत पानी भएकाले पानीमा नै अध्ययन गरिरहेको देख्दा आफ्नो आखाबाट आँशु समेत झरेको सहनीको भनाई रहेको छ । 

पूर्वप्रधानमन्त्री एवम नेकपा एसका अध्यक्ष नेपालको निर्वाचन क्षेत्रमा यस्तो अवस्था देख्दा अचम्मित भएको भन्दै सामाजिक सन्जाल फेसबुकमा आलोचना समेत भएको छ ।


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार