भैरहवा ।रूपन्देहीमा दानव खोलामा डुबेर तीन जना बालक बेपत्ता भएका छन । मंगलबार लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर-२ अर्दौलामा रहेको दानव नदीमा पौडी खेल्ने क्रममा दिउँसो १ बजे तीन बालक बेपत्ता भएको रुपन्देही प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक सुरज कार्कीले जानकारी दिए ।
बेपत्ता हुनेमा लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर २ बस्ने वर्ष १३ को उमेश यादव, वर्ष १४ राजन यादव र वर्ष १२ को मन्नु हरिजन रहेको कार्कीले बताए।
बेपत्ताहरुको प्रहरी, शसस्त्र प्रहरीको टोलीले खोजी गरिरहेको उहाले बताए ।