मुख्य समाचार
उत्तरयाधामको शिवलिङ्को मूर्ति | तीन दशकदेखि पानी घट्टमै जीवन धान्दै श्रेष्ठ | हुरीका कारण विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति | पोखरा-दुबई हवाई उडानका लागि फ्लाई दुबईले पायो अनुमति | पोखरा–भरतपुर–लुम्बिनीबीच पर्यटन प्रवर्द्धनका लागि ‘सिल्भर ट्रयाङ्गल’ समझदारी | महाधिवेशनको विषयमा पार्टीका नेतासँग संवाद भइरहेको छ : सभापति थापा | एमाले अध्यक्ष ओलीको आग्रह : ‘एकताबद्ध भएर जनतामाझ जानुस्’ | मन्त्रिपरिषद् बैठकमा डिडीसीको उत्पादन प्रवर्द्धनको एजेन्डामा छलफल | छायाँक्षेत्र मन्दिर | हरिबहादुर थापा पुन: रूपन्देही जिल्ला क्रिकेट संघको अध्यक्षमा निर्वाचित |

कर्णालीका विभिन्न कारागारबाट भागेका ७७ केदी बन्दी पक्राउ

Ujyalosandeshonline 11504+ समाचार ( )
१ अशोज २०८२, बुधवार

सुर्खेत । कर्णालीका विभिन्न कारागारबाट फरार भएका ७७ जना कैदी बन्दीलाई प्रहरीले पक्राउ गरेको छ । मुलुकमा सुशासन र भ्रष्टाचार नियन्त्रणको माग राखेर भदौ २३ र २४ गते भएको आन्दोलनमा कर्णालीका विभिन्न कारागारमा रहेका १ सय २७ जना कैदी बन्दीहरु भागेका थिए । भागेका मध्ये ५९ जना अझै फरार रहेका छन् । फरार रहेका ३३ जना कैदी र २६ जना बन्दी हुन् । कर्णालीका विभिन्न कारागारबाट ८२ जना कैदी र ४५ जना बन्दी भागेका थिए । 

आन्दोलनमा रुकुम पश्चिम जिल्ला कारागारबाट भागेका ५५ जना कैदी मध्ये ३८ जना कैदी पक्राउ गरिएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमबाट भागेका १७ जना कदी र १४ जना बन्दी फरार छन् । रुकुम पश्चिमबाट ३३ जना थुनुवा भागेका थिए ती मध्ये १९ जना पक्राउ परेको प्रहरीले जनाएको छ । जुम्लाबाट २७ जना कैदी भागेका मध्ये १३ जनालाई प्रहरीले पक्राउ गरेको छ भने १६ जना फरार छन् ।जुम्लाबाट भागेका १२ जना थुनुवामध्ये सात जनालाई पक्राउ गरिएको छ । पाँच जना फरार रहेको कर्णाली प्रदेश प्रहरी कार्यालयको विवरणमा उल्लेख छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार