मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

कोटहीमाईमा राष्ट्रपति रनिङ्ग सिल्डको तयारी तीव्र, शैक्षिक सुधार र अनुगमनमा जोड

जैसमोहम्मद खान 76+ समाचार ( )
१५ मंगशिर २०८२, सोमबार

मर्चवार । कोटहीमाई गाउँपालिकाले राष्ट्रपति रनिङ्ग सिल्ड प्रतियोगिता सम्पन्न गर्नका लागि आवश्यक पूर्वतयारी सुरु गरेको छ । गाउँपालिकाले प्रतियोगिता लक्षित गर्दै विद्यालयहरूमा खेलकुद सामग्री वितरण गर्नुका साथै खेलाडी छनौट र प्रशिक्षणको वातावरण मिलाउन विद्यालयहरूको भ्रमण सुरु गरेको छ ।

गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत अजय मिश्रका अनुसार, खेलकुदको तयारीसँगै विद्यालयको शैक्षिक गुणस्तर सुधारका लागि अनुगमनलाई पनि तीव्रता दिइएको छ । विद्यालयको निरीक्षणका क्रममा मिश्रले तल्लो तहका विद्यार्थीहरूको बोल्ने र पढ्ने क्षमता विकासमा जोड दिँदै शिक्षकहरूलाई निर्देशन दिनुभएको छ । उहाँले भन्नुभयो, "किताबको पाना सिध्याउनु भन्दा विद्यार्थीलाई विषयवस्तु राम्ररी बुझाएर योग्य बनाउनतर्फ लाग्नुपर्छ । जति पाठ पढाइन्छ, त्यति नै परीक्षा लिऔँ तर बुझाएर मात्र पठनपाठन गरौँ ।"

गाउँपालिकालाई सभ्य, शिक्षित र सुन्दर बनाउन अभिभावक, जनप्रतिनिधि, शिक्षक र समाजसेवी सबैको हातेमालो आवश्यक रहेको मिश्रले औँल्याउनुभयो । उहाँले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई तोकिएको पोसाक र शैक्षिक सामग्रीसहित व्यवस्थित रूपमा विद्यालय पठाउन आग्रह गर्नुभएको छ । साथै, समाजसेवी तथा अभिभावकहरूलाई विद्यालयको नियमित अनुगमन गरी आवश्यक सुधारका लागि सुझाव दिन पनि उहाँले अनुरोध गर्नुभएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार