शिवरात्रीको अवसरमा लुम्बिनीमा सोविताको शिविर

Ujyalosandeshonline 11139+ समाचार ( )
२२ फाल्गुन २०८०, मङ्गलबार

भैरहवा ।  महाशिवरात्रीको अवसरमा लुम्बिनीमा रहेको ओशोको आश्रम ‘ओशो जेतवन’ मा दुईदिने ध्यान शिविर हुने भएको छ । 

ध्यानका आविष्कारक भगवान शिवको बिषेश उपासनासंगै ध्यान, योग ,संत्सग अनि विशेष उत्सव शिविरमा हुनेछ । शिवरात्री केन्द्रित दुई दिने ध्यान शिविरमा जो केहीले पनि भाग लिन पाउनेछन् । 

यो ध्यान शिविरलाई संचालन गर्नको लागि माँ शान्तम् शलिला अर्थात् सोबिता सिम्खडा काठमाडौंबाट लुम्बिनी आउदै छिन् । शिवरात्रीको अवसरमा बुद्धको भूमी लुम्बिनीमा आयोजना गरिएको ध्यान शिविर संचालन गर्न पाउदा आफु उत्साहित भएको र शिविरलाई विशेष बनाउने माँ सोविता बताउछिन् । 

यही शुक्रबार महाशिवरात्री छ । ओशो जेतवनमा हुने ध्यान शिविर शुक्रबार र शनिबार हुनेछ । सहभागीहरु बिहिबार साँझ आश्रममा पुग्नुपर्नेछ भने आईतबार बिहानको ध्यानसंगै शिविर समापन हुनेछ । यसपालीको शिवरात्रीलाई ध्यान र उत्सवमय बनाउन चाहानेहरुको लागि ओशो जेतवनले यो शिविर राखेको हो । शिविरमा भाग लिन चाहनेहरुले फोन नं –९८४३०७८९९७ मा सम्पर्क गर्न सकिने ओशो जेतवन आश्रमले जनाएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार