शिक्षा क्षेत्रमा सुधार गर्न राजनीतिक नेतृत्वको इच्छा शक्ति चाहिन्छ : सभामुख

Ujyalosandeshonline 11434+ समाचार ( )
५ फाल्गुन २०८०, शनिबार

बुटवल । लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले शिक्षा क्षेत्रमा आमुल परिवर्तनको लागी राजनीतिक नेतृत्वको इच्छा शक्ति आवश्यक रहेको बताउनु भएको छ ।  

आज वुटवलमा आयोजित नेपाल राष्ट्रिय अभिभावक संघ लुम्बिनी प्रदेश प्रथम अधिबेशनको उद्घाटन गर्नुहुदै राजनीतिक इच्छा विना कुनै पनि काम अघि वढ्न नसक्ने बताउनु भयो । शैक्षिक  सुधारको लागि नेताहरुमा इच्छा शक्ति चाहिएको बताउनुहुदै उहाँले  त्यसको लागी निरन्तर खबरदारी दिन आवश्यक रहेको बताउनु भयो ।  

उहांले भन्नु भयो–  “ गुणस्तरीय शिक्षाको लागी  नेतृत्वको सोच कहीलै देखिएन । माथीबाटै कुरा विग्रएको छ । राष्ट्को लागि आवश्यक जनशक्ति उत्पादन गर्ने शिक्षा नीतिको लागी तपाईहरुले संघ प्रदेशमा दवाव दिनै पर्छ ।”

उहाँले प्रदेशले नेपालको परिवेश अनुसार प्रदेश शिक्षा ऐन ल्याउने प्रतिवद्धता जनाउदै संघीय सरकारले शिक्षा ऐन छिटो ल्याएमा प्रदेशलाई बाटो खुल्ने बताउनु भयो । सभामुख घर्ती मगरले संघको लुम्विनी प्रदेशको नेतृत्वलाई अग्रिम बधाई दिदै शिक्षा क्षेत्रको विकासको लागी राज्यलाई नै घचघचाउने र खवरदारी गरिरहने नेतृत्वको नेपालको शिक्षा क्षेत्रले खोजीरहेको बताउनु भयो ।

संघका प्रदेश इन्चार्ज  पुर्णचन्द्र  पाण्डेको अध्यक्षता, हरि प्रसाद  रेग्मीको संचालनमा भएको अधिवेशनको उद्घाटन कार्यक्रममा संघका केन्द्रिय अध्यक्ष कोष बहादुर जी. सी.ले संस्कार युक्त शिक्षाको आवश्यकता रहेकाले शिक्षामा ब्यावहारीक सीपयुक्त  नेपालको परिवेश शिक्षा नीति चाहिएको बताउनु भयो  ।  

उहाँले शिक्षा ऐन निर्माणमा नेपाल रास्ट्रिय अभिभावक संघले सरकारलाई सुझाव दिएको र ८० लाख अभिभावकको भावनालाई कसैले कुल्चिएर जान नसक्ने बताउनु भयो ।  

कार्यक्रममा बरिस्ट उपाध्यक्ष  सुन्दर बाबु श्रेष्ठ उपमहासचिव हरि भक्त महर्जन, केन्द्रिय सचिवालय सदस्य हरि प्रसाद कैरी, केन्द्रिय सदस्य पुर्ण चन्द्र  तिवारी, केन्द्रिय सदस्य गोबिन्द गौतम, संघका गण्डकी प्रदेश अध्यक्ष  कलाधर भट्ट, निबृत रास्ट्रसेवक समाज रुपन्देहीका कोषाध्यक्ष लक्ष्मण ज्ञवाली, लुम्बिनी  प्रदेशका इन्चार्ज राम बहादुर रायमाझी  लगायतले सम्बोधन गर्नु भएको थियो ।

मन्तव्य व्यक्त गर्नु हुने अभिभावक संघका पदाधिकारीहरुले गलत शिक्षा  नितिका कारण बिद्यार्थी बिदेश पलायन भएको बताउनु भयो  । उहाँहरुले शिक्षा क्षेत्रमा देखिएको अन्योलताको अन्त्य गर्न  संघीय्् सरकार र प्रदेशले शिक्षा सम्बन्धि ऐन छिटो ल्याउनु  पर्ने  बताउनु भयो ।  विद्यार्थी बिदेश जानुको कारण खोज्नु पर्ने  बेला आएको अभिभावकहरुको भनाइ छ ।  उहांहरुले शिक्षामा पूर्वीय मुल्य मान्यतामाथी नै हस्तक्षेप भएको बताउदै नेपालको परिवेश अनुसार शिक्षा नीति बनाउनु पर्नमा जोड दिनु भयो ।         

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार