‘विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्छ’

Ujyalosandeshonline 12263+ समाचार ( )
२३ भाद्र २०८३, मङ्गलबार

कपिलवस्तु  । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले प्राकृतिक विपत्तिबाट सहाराविहीन भएका नागरिकको संरक्षण राज्यले गर्नुपर्ने बताउनुभएको छ । जनता समाजवादी पार्टी नेपालको जिल्ला समितिद्वारा आज आयोजित अभिमुखीकरण कार्यक्रममा उहाँले बाढीपीडित तथा विपत्तिबाट प्रभावित नागरिकलाई तत्काल राहतसँगै दीर्घकालीन पुनःस्थापना र संरक्षणको जिम्मेवारी सरकारले लिनुपर्नेमा जोड दिनुभयो । 

ठूला देशले गरेका गल्तीको असर नेपाल जस्ता साना देशले व्यहोर्नुपरेको उल्लेख गर्दै अध्यक्ष यादवले पीडितका पक्षमा न्याय र क्षतिपूर्तिका लागि अन्तरराष्ट्रिय तहमा आवाज उठाउनुपर्ने बताउनुभयो । यसका लागि संयुक्त राष्ट्रसङ्घमा नेपालले जोडदार रूपमा आफ्नो धारणा राख्नुपर्ने उहाँले माग गर्नुभयो । कार्याक्रममा जसपा नेपालका जिल्ला तथा स्थानीय तहका नेता तथा अगुवा कार्यकर्ताको सहभागिता रहेको थियो । 

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार