मुख्य समाचार
दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित | सीमा अपराध नियन्त्रणमा निर्मम हुन सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन | सीमा सुरक्षाका लागि नेपाल-भारतबीच समन्वय बढाउने सहमति | लुम्बिनी होटल सङ्घ र उत्तर–पूर्व भारतीय पर्यटन महासङ्घबीच समझदारी | भैरहवाबाट दुई करोड ५१ लाखभन्दा बढीको सुनसहित महिला पक्राउ |

सिरहामा लागुऔषधसहित दुई पक्राउ, नगद, ब्राउन सुगर र सुनका गहना बरामद

Ujyalosandeshonline 12441+ समाचार ( )
२० असार २०८२, शुक्रबार

सिरहा । सिरहाको लहान नगरपालिका–११ स्थित पडरिया टोलबाट लागू औषधसहित दुई जना व्यक्ति पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहा र इलाका प्रहरी कार्यालय लहानबाट खटिएको संयुक्त प्रहरी टोलीले लागू औषधको कारोबारमा संलग्न रहेको आशंकामा छापा मार्दा लाखौं नगद, सुन बराबरका गरगहना तथा ब्राउन सुगर जस्तो देखिने पदार्थ बरामद गरेको हो । 

प्रहरीका अनुसार पक्राउ पर्नेमा लहान–११ का २८ वर्षीय मिथलेश चौधरी र २४ वर्षीय राज नन्दन चौधरी रहेका छन् । चौधरीको घरमा खानतलासी गर्दा ११३.९१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नेपाली नगद रु. २,७५,३००, भारतीय रुपैयाँ १,२५०, सुन जस्तो देखिने तिलहरी १ थान, नेकलेस १ थान, डिजिटल तराजु, मोबाइल १ थान, कैंची तथा अन्य लागू औषध कारोबारमा प्रयोग हुने सामाग्री फेला परेको प्रहरीको भनाइ छ ।

त्यसैगरी राज नन्दन चौधरीको साथबाट १०.७१ ग्राम ब्राउन सुगर (प्लास्टिकसहित), नगद रु. २,१००, र मोबाइल १ थान बरामद गरिएको छ। दुबैलाई पक्राउ गरी आवश्यक अनुसन्धानका लागि सिरहा जिल्ला अदालतमा म्याद थप गराएर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ । अदालतबाट ५ दिनको म्याद स्वीकृत गरिएको हो । 

जम्मा बरामद लागुऔषधको मात्रा प्लास्टिकसहित १२४.६२ ग्राम, प्लास्टिक बाहेक ११८.६१ ग्राम रहेको छ भने बरामद नगद नेपाली रुपैयाँ २,८६,७१० पुगेको छ। प्रहरीका अनुसार लागुऔषध कारोबारविरुद्ध कडा निगरानी र कारबाही अभियान जारी रहनेछ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार