मुख्य समाचार
ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य | भुटानी गृहमन्त्री छिरिङ र पर्यटनमन्त्री पौडेललाई स्वागत | पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड | लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल |
मुख्य समाचार
ध्वजा ध्वजा भएर सुक्न थाले धानखेती | स्थानीय उत्पादनको बजारीकरणले मात्रै ग्रामीण अर्थतन्त्र बलियो बन्छ : मुख्यमन्त्री आचार्य | भुटानी गृहमन्त्री छिरिङ र पर्यटनमन्त्री पौडेललाई स्वागत | पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड | लुम्बिनीमा भुटानी गुम्बा निर्माण सुरु, नेपाल–भुटान सम्बन्ध थप प्रगाढ हुने विश्वास | काठमाडौँमा बर्डफ्लु बढ्दैः एघार जिल्लाका ८२ स्थानमा सङ्क्रमण पुष्टि | चार प्रजातिका दुर्लभ गिद्धको सफल प्रजनन | वातावरणीय अपराध नियन्त्रणका लागि अन्तरदेशीय सहकार्यमा जोड | अमेरिकाबाट फिर्ता ल्याइएको शाक्यमुनि बुद्धको प्राचीन मूर्ति पुनःस्थापना | नेपालमा लगानी र पर्यटन विस्तारका अवसरबारे ल्हासामा छलफल |


पर्यटन प्रवर्द्धनका लागि दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड

Ujyalosandeshonline 11645+ समाचार ( )
१३ असार २०८३, शनिबार

सुदूरपश्चिम । सरोकार भएकाहरूले सुदूरपश्चिममा पर्यटन प्रवर्द्धन तथा स्थानीय युवालाई रोजगारीसँग जोड्न दक्ष पथप्रदर्शक उत्पादन गर्नुपर्नेमा जोड दिएका छन् । कैलालीको धनगढीमा आज आयोजित तीनदिने प्रकृति पथप्रदर्शक तालिममा सरोकार भएकाहरूले सुदूरपश्चिममा दक्ष पथप्रदर्शकको अभावमा हाल प्रदेशमा आउने बाह्य पर्यटकको सहजताका लागि  बाहिरबाटै जनशक्ति ल्याउनुपर्ने बाध्यता रहेकाले यही जनशक्ति उत्पादन आवश्यक रहेको बताएका हुन् ।

वक्ताहरूले पर्यटन क्षेत्रको दिगो विकासका लागि प्राकृतिक सम्पदाको संरक्षण, स्थानीय संस्कृति र सम्पदाको प्रवर्द्धन तथा पर्यटकलाई गुणस्तरीय सेवा उपलब्ध गराउन दक्ष गाइडको भूमिका महत्त्वपूर्ण हुने बताएका थिए । “प्रदेशमा रहेका धार्मिक, सांस्कृतिक तथा प्राकृतिक गन्तव्यलाई अन्तरराष्ट्रिय बजारमा प्रवर्द्धन गर्न व्यावसायिक नेचर गाइड आवश्यक पर्छन् । त्यसैले गाइडलाई केवल पर्यटक घुमाउने व्यक्तिका रूपमा नभई स्थानीय संस्कृति, जैविक विविधता र प्राकृतिक सम्पदाका दूतका रूपमा विकास गर्नुपर्ने आवश्यकता छ”, वक्ताहरूको भनाइ थियो । 

नेपाल पर्वतारोहण सङ्घ, सुदूरपश्चिमका अध्यक्ष किशोर खड्काले यहाँ सीमित दक्ष पथप्रदर्शकका कारण पर्यटकलाई काठमाडौँलगायत अन्य क्षेत्रबाट पथप्रदर्शक ल्याउनुपर्ने बाध्यता रहेको गुनासो गर्नुभयो । उहाँले पर्यटन सम्भावनाको उपयोग गर्न प्रदेश सरकारले दक्ष पथप्रदर्शक उत्पादन र पर्यटन गन्तव्यको विकासका लागि लगानी गर्नुपर्नेमा जोड दिनुभयो । 

नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा) सुदूरपश्चिमका  अध्यक्ष पदमविक्रम सिंहले सुदूरपश्चिममा ‘लाइसेन्स’ प्राप्त पथप्रदर्शकको अभावमा केही दिनको तालिम र अभिमुखीकरणकै भरमा युवाहरूले काम गरिरहेको उल्लेख गर्नुभयो । अपार पर्यटन सम्भावना भएको प्रदेशमा सोहीअनुसार जनशक्ति उत्पादन र पर्यटन गन्तव्य विकासमा तीनै तहका सरकारले लगानी गर्न आवश्यक रहेको उहाँको भनाइ थियो । नाट्टा सुदूरपश्चिमका संस्थापक अध्यक्ष मायाप्रकाश भट्टले स्तरीय पर्यटक भित्र्याउन यहाँ आथित्य संस्कार, सुरक्षा, स्वास्थ्य तथा सरसफाई, गुणस्तरीय यातायात तथा होटल पूर्वाधार विकासमा जोड दिनुपर्ने बताउनुभयो । उहाँले पर्यटनको विकासमार्फत सुदूरपश्चिममा रोजगारी सिर्जना गर्न पर्यटन गन्तव्यको विकास र प्रचारप्रसार तथा युवालाई यसतर्फ आकर्षित गर्न सरकार र निजी क्षेत्र मिलेर काम गर्नुपर्ने धारणा राख्नुभयो । 

कार्यक्रममा सुदूरपश्चिम प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सचिव दीर्घनारायण कोइरालाले बढीभन्दा बढी पर्यटकलाई गन्तव्यमा भित्र्याउन सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । उहाँले प्रदेश सरकारले सुदूरपश्चिममा पर्यटन गन्तव्यको विकास, प्रचारप्रसार र युवाहरूलाई यसतर्फ आकर्षित गर्न विभिन्न कार्यक्रम गरी रहे पनि आगामी दिनमा सरोकार भएकाहरूको सुझावका आधारमा थप प्रभावकारी कार्यक्रमको तर्जुमा गरिने प्रतिबद्धता जनाउनुभयो ।

प्रदेश पर्यटन विकास कार्यक्रम कार्यान्वयन एकाइको आर्थिक सहयोग तथा नाट्टा सुदूरपश्चिमको आयोजना सुरु भएको तालिममा ४० जना युवाहरूको सहभागिता रहेको नाट्टा प्रदेश समितिका उपाध्यक्ष धनन्जय जैशीले जानकारी दिनुभयो ।तालिममा पर्यटन क्षेत्रका चुनौती, सुरक्षा व्यवस्थापन, आतिथ्य, स्वास्थ्य तथा पर्यटकसँग गर्ने व्यवहारका विषयमा पनि प्रशिक्षण दिनुका साथै समुदायमा आधारित पर्यटन, रोजगारी सिर्जना तथा दिगो पर्यटनका अवधारणाबारे पनि छलफल हुने आयोजकले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै







सम्बन्धित समाचार