मुख्य समाचार
सत्ता स्वार्थका लागि घुँडा टेक्नु राष्ट्रिय हित विपरित : प्रधानमन्त्री | सरकारले ल्याएको भूमिसम्बन्धी अध्यादेशले झनै शंका जन्मायो : महासचिव गुरुङ | विधेयकमा शिक्षकका माग समेट्ने प्रचण्डको प्रतिबद्धता | सर्वसाधारणलाई कुटपिट गर्ने प्रहरी निलम्बनमा | पेस्तोलसहित भारतीय नागरिक पक्राउ | पर्साका २० सामुदायिक विद्यालयका शिक्षक–शिक्षिकाहरु आन्दोलित | सडकआश्रित मानवको पुनःस्थापन सरकारको प्राथमिकता : मुख्यमन्त्री आचार्य | बैंकको प्रतिष्ठा र इज्जतलाई पहिलो कार्यसूची बनाएर काम गर्न कर्मचारीहरुलाई अर्थमन्त्रीको आग्रह | क्रिकेट खेलाडीहरुले नेपालको पहिचान स्थापित गरेका छन् : प्रथम राष्ट्रपति | बैंकिङ् सिस्टममा अराजकत गतिविधिहरु भइरहेको छ : गभर्नर अधिकारी |

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः लीलाराम र न्यु इरालाई सफलता

Ujyalosandeshonline 5548+ समाचार ( )
२७ मंगशिर २०८१, बिहीबार

भैरहवा । रुपन्देही लीलारामा मावि र न्यु इरा इङ्गलिस बोर्डिङ स्कूल भैरहवामा जारी ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा विजयी भएका छन् । बिहीबार भैरहवास्थित सिद्धार्थ रंगशालामा भएका दुई खेलमा लीलारामले भैरहवा नमूना माविलाई ५ विकेट र न्यु इराले काशी नोबल एकेडेमीलाई ७ विकेटले पराजित गर्दै जित हात पारेका हुन् ।

पहिलो खेलमा टस जितेर ब्याटिङ गरेको भैरहवा नमूनाले मौसमका कारण १७ ओभरमा झारिएको खेलमा १२ ओभर २ बल खेल्दै सबै विकेट गुमाएर जम्मा ६४ रनको झिनो योगफल बनायो । उसका लागि मान्तब आलमले १४, इरफान अली मुसलमानले १३ र सन्तोष हरिजनले १० रन बनाए पनि अन्य ब्याटरले दोहोरो अंकमा रन बटुल्न नसक्दा टीम झिनो योगफलमै रोकियो । उसलाई सस्तैमा रोक्न बलिङमा लीलारामका फैजन अहमद मुसलमानले ४, मोहम्मद अयुबले ३ तथा लक्की यादव र सुगम पोखरेलले १–१ विकेट हात पारे ।

प्रतिउत्तरमा लीलारामले ९ ओभर ३ बलमा ५ विकेटको नोक्सानीमा ६७ रन बनाउँदै सहजै जित निकाल्यो । उसको जितमा मोहम्मद निसिम मियाँले सर्वाधिक १७ रन जोडे । बलिङमा भैरहवा नमूनाका सहिन खान र मेहताब आलमले २–२ र इरफान अली मुसलमानले १ विकेट लिए । खेलमा फैजन अहमद मुसलमान प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो खेलमा टस जितेर ब्याटिङ गरेको काशी नोबलले निर्धारित २० ओभरमा १९ ओभर ४ बल खेल्दै सबै विकेट गुमाएर ६५ रनमै समेटियो । उसका लागि अविश अधिकारीले २३ र आर्यन भण्डारीले अविजित १४ रन जोडे । बलिङमा न्यु इराका नितिक बानियाँले ४, सुरज गुप्ताले २ तथा सन्देश कार्की र कासिफ कमारले १–१ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको न्यु इराले ९ ओभर २ बलमा ३ विकेटको क्षतिमा ६६ रन बनाउँदै सहजै जित हात पार्यो । उसको जितमा नितिक बानियाँले २१ तथा तेन्डुप लामा र अमनकुमार चौधरीले समान १३ रन जोडे । बलिङमा काशी नोबलका आदित्य शर्माले २ विकेट लिए । न्यु इराका नितिक बानियाँ प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्ने खेल संयोजक भरत थापाले बताए । पुस २ गतेसम्म चल्ने प्रतियोगितामा जिल्लाका विभिन्न विद्यालयका २३ टिम सहभागी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै