मुख्य समाचार
समानुपातिकतर्फका उम्मेदवारलाई बुधबार प्रमाणपत्र दिइने | ग्यासको अवैध कारोबार भइरहेको सूचना पाए जानकारी दिन विभागद्वारा अनुरोध | विद्यार्थीलाई ट्राफिक व्यवस्थापन सिकाउँदै प्रहरी उपरीक्षक पाण्डे | श्रीराम ग्यास उद्योगको गोदाममा छ हजार सिलिन्डर लुकाएको भेटियो | अर्घाखाँचीमा १५ जनाले लिए ३९० घण्टे मन्टेश्वरी तालिम, स्वरोजगार बन्न सघाउ पुग्ने विश्वास | अर्घाखाँचीको आर्थिक अवस्था पहिचान गर्न आर्थिक गणना कार्यालय स्थापना | सोह्र औषधि पसल निलम्बनमा | सिकार खेल्न गएका छ जना नौ दिनदेखि सम्पर्कविहीन | सारसको रोजाइमा लुम्बिनी : स्थानीयको संरक्षणले फस्टाउँदै प्रजननस्थल | वर्षायाममा पुनर्निर्मित बिपी राजमार्गबाटै यातायात सञ्चालन गर्ने तयारी |

स्व.शेरबहादुर सेन्चुरी टी–२० क्रिकेटः देवदह बुद्ध र न्यु होराइजन उपाधिका लागि भिड्ने

Ujyalosandeshonline 10783+ समाचार ( )
१ पौष २०८१, सोमबार

भैरहवा । ११औं संस्करणको ‘स्वर्गीय शेरबहादुर सेन्चुरी स्मृति टी–२० अन्तरविद्यालय क्रिकेट प्रतियोगिता’मा देबदह बुद्ध मावि र न्यु होराइजन मावि उपाधिका लागि भिड्ने पक्का भएको छ । सोमबार भएको पहिलो सेमिफाइनलमा देवदह बुद्धले रुपन्देही लीलाराम न्यौपाने माविलाई ६ विकेट र न्यु होराइजनले युनिक होम्स् इङ्गलिस बोर्डिङ हाई स्कूललाई ७१ रनले हराउँदै फाइनल यात्रा तय गरेका हुन् । अब यी दुई टीमबीच मंगलबार उपाधिका लागि प्रतिस्पर्धा हुनेछ ।

भैरहवास्थित सिद्धार्थ रंगशालामा भएको पहिलो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको लीलारामले निर्धारित २० ओभरमा १८ ओभर खेल्दै सबै विकेट गुमाएर ७८ रनको सामान्य लक्ष्य प्रस्तुत गर्यो । उसका लागि फैजन अहम्मद मुसलमानले २०, विशाल बरईले १४, अबु हम्जा खानले १३ र समिर मोहम्मदले १२ रन बनाए । बलिङमा देवदह बुद्धका रोहित कुँवर, प्रिन्स शर्मा र आयुष विकले ३–३ तथा कृष केसीले १ विकेट हात पारे ।

जवाफी ब्याटिङ गरेको देवदह बुद्धले १३ ओभर १ बलमा ४ विकेटको क्षतिमा ८० रन बनाउँदै सहजै जित निकाल्यो र फाइनल यात्रा पक्का गर्यो । उसको जितमा रोहित कुँवरले अविजित २१ र दिक्सन थापाले नटआउट ११ रनको योगदान दिए । बलिङमा लीलारामका मोहम्मद अयुबले २ तथा फैजन अहम्मद मुसलमान र अजाउद्दिन धोवीले १–१ विकेट लिए । खेलमा रोहित कुँवर प्लेयर अफ द म्याच भई पाँच सय रुपैयाँ प्राप्त गरे ।

दोस्रो सेमिफाइनलमा टस हारेर ब्याटिङको निम्तो पाएको न्यु होराइजनले १९ ओभर २ बलमा सबै विकेट गुमाउँदै ८९ रन बनायो । उसका लागि राहुल नाउले ३३ र प्रिन्स पालले १७ रनको योगदान गरे । बलिङमा युनिक होम्सका रन्जित यादव, अरुण सिंह र आदित्य रौनियारले ३–३ तथा सविर आलमले १ विकेट लिए ।

प्रतिउत्तरमा सामान्य लक्ष्य पछ्याएको युनिक होम्स ९ ओभर १ बलमा सबै विकेट गुमाएर जम्मा १८ रनमै समेटियो र हार व्यहोर्यो । उसका लागि अरुण सिंहले सर्वाधिक ७ रन बनाए । बलिङमा उसलाई सस्तैमा रोक्न न्यु होराइजनका सुप्रिम कँडेलले ४ ओभरमा १ मेर्डनसहित ११ रन खर्चेर ५ विकेट लिए । यस्तै, प्रिन्स पालले ४ ओभरमा १ मेर्डनसहित ४ रन खर्चेर ४ विकेट लिँदा निरज घिमिरेले १ विकेट हात पारे । खेलमा सुप्रिम कँडेल प्लेयर अफ द म्याच भई पँच सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र पर्वत ज्वेलर्स, बैंकरोड, भैरहवाको मुख्य प्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले ५० हजार, उपविजेताले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, म्यान अफ द सिरिजले १० हजार, बेष्ट ब्याटर र बेष्ट बलरले जनही ५ हजार, प्रत्येक खेलको म्यान अफ द म्याचले ५ सय तथा बेष्ट अनुशासित टिमले ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार