नवरात्रको तृतियामा चन्द्रघण्टा देवीको पुजा हुन्छ । चन्द्रघण्टा माताको रुप धेरै कोमल छ । मातालाई सुगन्ध मन पर्छ । उनको वाहन सिंह हो । उनको दश वटा हातहरु छन् । हरेक हातमा फरक फरक शस्त्र छन् । उनी असुरी शक्तिहरुबाट रक्षा गर्छिन । यो देवीको मष्तिस्कमाथि घण्टा आकारको अर्ध चन्द्रमा रहेको छ । त्यसैले यिनको नाम चन्द्रघण्टा भयो । माता चन्द्रघण्टाको आराधाना गर्नेहरुको घमण्ड नष्ट हुन्छ र उनलाई सौभाग्य शान्ती तथा वैभवको प्राप्ति हुन्छ ।
चन्द्रघण्टा माताको स्वरूप
माता चन्द्रघण्टाको रङ सुन जस्तै चमकिलो छ । माताको
तीन वटा नेत्र तथा दश वटा हातहरू छन् । यिनको कर कमल गदा, बाण, धनुष, त्रिशुल, तलवार, खप्पर, चक्र र अस्त्र शस्त्र छन् । अग्नि जस्तै वर्ण र ज्ञानले चम्किने तेजस्वी देवि
हुन् चन्द्रघण्टा । यी सिंहमा सवार छिन् तथा युद्धमा लड्नको लागि उन्मुख छिन् । माता चन्द्रघण्टा आफ्नो मनपर्ने वाहन सिंहमा सवार भएर आफ्नो दश हातहरुमा तलवार, ढाल, गदा, पाश, त्रिशुल, चक्र, धनुष, भरिएको तरकश लिइ मुस्कुराइ रहेकी छिन् । माता चन्द्रघण्टाको पुजा गर्नाले
व्यक्तिको सबै पाप नष्ट हुन्छ । र जन्म जन्मको डर समाप्त भइ व्यक्ति निडर हुन्छ ।
माता चन्द्रघण्टाको पूजा विधि
माता चन्द्रघण्टा देविको आराधनाबाट के पाइन्छ ? नवरात्रमा तेस्रो दिन चन्द्रघण्टा देवीको पुजाको महत्व छ । देविको कृपाले साधकलाई
अलौकिक वस्तुहरुलाई देख्न पाउँछन् । दिव्य सुगन्धहरुको अनुभव हुन्छ र विभिन्न
प्रकारको ध्वनिहरू सुनिन् थाल्छ। यस क्षणहरुमा साधकलाई धेरै सावधान रहनु पर्छ । यो
देविको आराधनाले साधकमा विरता तथा निर्भयताको साथै नम्रता र विनम्रमताको विकास
हुन्छ।
माता चन्द्रघण्टाको बिज मन्त्र
ऐम् श्रीम् शक्तयै नमः
माता चन्द्रघण्टा ध्यान मन्त्र वन्दे वांछित लाभाय चन्द्रार्धकृत शेखरम्।
सिंहारूढा चन्द्रघण्टा यशस्वनीम् ॥
मणिपुर स्थिताम् तृतीय दुर्गा त्रिनेत्राम् ।
खंग,
गदा,
त्रिशूल, चापशर, पदम कमण्डलु माला वराभीतकराम् ॥
पटाम्बर परिधानां मृदुहास्या नानालंकार भूषिताम् ।
मंजीर हार केयूर, किंकिणि, रत्नकुण्डल मण्डिताम
॥
प्रफुल्ल वंदना बिबाधारा कांत कपोलां तुगं कुचाम्।
कमनीयां लावाण्यां क्षीणकटि नितम्बनीम् ॥
माता चन्द्रघण्टा महा मन्त्र
या देवि सर्वभूतेषु मां चन्द्रघण्टा रूपेणा
सञ्स्थिता नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः
यो माताको महामन्त्र हो जसलाई पुजापाठ गर्ने बेलामा
जप्नु पर्छ ।
माता चन्द्रघण्टाको पूजा मन्त्र
पिण्डजप्रवरारूढा चण्डकोपास्त्रकैर्युता।
प्रसादम् तनुते महमम् चन्द्रघण्टेति विश्रुता ।
मा चन्द्रघण्टा स्तोत्र आपदुध्दारिणी त्वंहि आद्या
शक्तिः शुभपराम्।
अणिमादि सिध्दिदात्री चंद्रघटा प्रणमाभ्यम् ॥
चन्द्रमुखी इष्ट दात्री इष्टं मन्त्र स्वरूपणीम् ।
धनदात्री, आनन्ददात्री चन्द्रघंटे प्रणमाभ्यहम्॥
नानारूपधारिणी इच्छानयी ऐश्वर्यदायनीम् ।
सौभाग्यारोग्यदायिनी चंद्रघंटप्रणमाभ्यहम् या देवी सर्वभूतेषु मा चन्द्रघण्टा
रूपेण संस्थिता ।
नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमो नमः ।
माता चन्द्रघण्टा कवच
रहस्यम् शृणु वक्ष्यामि शैवेशी कमलानने ।
श्री चन्द्रघण्टास्य कवचम् सर्वसिद्धिदायकम् ॥
बिना न्यासम् बिना विनियोगम् बिना शापोध्दा बिना होमम् ।
स्नानम् शौचादि नास्ति श्रद्धामात्रेण सिद्धिदाम ॥
कुशिष्याम् कुटिलाय वञ्चकाय निन्दकाय च।
न दातव्यम् न दातव्यम् न दातव्यम् कदाचितम् ॥
आराधनाको महत्व
माता चन्द्रघण्टाको कृपाले साधकको सम्पुर्ण पाप तथा
अवरोधहरु समाप्त हुन्छ । माता चन्द्रघण्टाको कृपाले साधक बहादुर तथा
निडर हुन्छ । माता चन्द्रघण्टाले दुष्ट आत्माहरुबाट पनि रक्षा गर्छिन्, उनको पूजा गर्नाले वीरता र निर्भयताका साथै नम्रता र विनम्रताको विकास भइ मुख, आँखा र सम्पूर्ण शरीरको पनि विकास हुन्छ । माता चन्द्रघण्टाको पूजाले
मानिसकले सबै सांसारिक संकटहरुबाट मुक्ति पाउँछ । तृतीयाको दिन भगवतीको पूजामा
दूधलाई प्राथमिकता दिनुपर्छ र पूजापछि त्यो दूध ब्राह्मणलाई दिनु उचित मानिन्छ ।
यस दिन सिन्दुर लगाउने पनि चलन छ ।
कुन रङको लुगा लगाउने र के प्रसाद चढाउने
देवि चन्द्रघण्टालाई प्रसन्न पार्नको लागि भक्तहरुले खैरो लुगा लगाउनु पर्छ । माता चन्द्रघण्टालाई आफ्नो वाहन सिंह धेरै मन पर्छ
त्यसैले सुनौलो रङको लुगा लगाउनु पनि शुभ छ । यसबाहेक सेतो वस्तु जस्तै दूध वा
खीरको भोग लगाउनुपर्छ । यसबाहेक माता चन्द्रघण्टालाई महको भोग पनि लगाइन्छ ।
मातालाई रातो रङको फुल चढाउनुपर्छ । मातालाई रातो स्याउ चढाउनु पर्छ । जब तपाईं मातालाई भोग चढाउनुहुन्छ र
मन्त्रहरूको जप गर्नुहुन्छ, तब घण्टी अवश्य बजाउनुहोस् । माता
चन्द्रघण्टालाई दूध चढाउनुहोस् र दूधबाट बनेको वस्तुहरुको मात्र भोग लगाउनुहोस् ।
माताको उत्पत्तिको कथा
माता दुर्गाको यो लोकप्रिय अवतार हो । जसको पुजा
वैष्णोदेवीमा गरिन्छ । शास्त्रहरूको अनुसार माता चन्द्रघण्टाको हिन्दु धर्ममा बढी महत्व रहेको छ। यिनको साधनाले
जहाँ एकतर्फ मनलाई असिम शान्ति प्राप्त हुन्छ भने त्यही अर्कोतर्फ यस विशेष अवसरमा
यिनको साधनाले व्यक्तिको मणिपुर चक्रमा प्रवेश गर्छ। ज्योतिषीहरूको विश्वास छ कि
माता चन्द्रघण्टाको कृपाले अलौकिक वस्तुहरूको दर्शन हुन्छ। दिव्य सुगन्धहरूको
अनुभव हुन्छ। तथा विभिन्न प्रकारका दिव्य आवाजहरू सुनिन्छन्।
यो क्षण साधकहरूलाई अत्यन्त सावधान अपनाउने क्षण हो।
धार्मिक ग्रन्थहरूमा यसबाट जुडेको पौराणिक कथाको कुरा गरे भने प्राचीन समयमा
देवताहरू र राक्षसहरूबीच लामो समयसम्म युद्ध चल्यो। राक्षसहरूको स्वामी महिषासुर
थियो र देवताहरूको स्वामी इन्द्र थिए। महिषासुरले देवताहरूमाथि विजय प्राप्त गरी
इन्द्रको सिंहासन हासिल गर्यो। र स्वर्गलोकमा शासन गर्न थाले। यो देखेर सबै
देवताहरू चिन्तित भए र यस समस्याबाट निस्किने उपाय जान्नको लागि त्रिदेव ब्रह्मा, विष्णु तथा महेश समक्ष गए। देवताहरूले बताए कि महिषासुरले इन्द्र, चन्द्र, सूर्य, वायु तथा अन्य देवताहरूका सबै अधिकार खोसेर उनीहरूलाई बन्धक बनाएर स्वर्गलोकको
राजा बनिसकेको छ।
देवताहरूले बताए कि महिषासुरको अत्याचारको कारण अब
देवताहरू पृथ्वीमा घुमिरहेका छन्। स्वर्गमा उनीहरूको लागि कुनै ठाउँ छैन। यो सुनेर ब्रह्मा, विष्णु तथा भगवान् शंकरलाई धेरै रिस उठ्यो । तीनवटै देवताहरूको क्रोधको
कुनै सीमा थिएन । क्रोधको कारणले तीनै जनाको मुखबाट उर्जा उत्पन्न भयो । र देवगणहरूको शरीरबाट निस्केको उर्जा पनि त्यो उर्जासँग मिसियो ।
यो दशौँ दिशाहरूमा फैलिन थाल्यो । त्यसपछि त्यहाँ एउटा
देविको अवतरण भयो । भगवान् शंकरले देविलाई त्रिशुल तथा भगवान विष्णुले चक्र प्रदान गरे । यस प्रकार अन्य
देवी देवताहरूले पनि माताको हातमा अस्त्र शस्त्रहरू राखिदिए । इन्द्रले पनि आफ्नो वज्र
र ऐरावत हात्तीबाट ओर्लिएर एक घण्टी दिए। सूर्यले आफ्नो तेज तरवार र सवारीको लागि सिंह दिए । त्यसैले उनको नाम चन्द्रघण्टा पर्यो । अब देवी महिषासुरसँग युद्धको
लागि पूर्णतया तयार थिइन् । उनको विशाल रूप देखेर महिषासुरले अब आफ्नो समय आएको बुझे । महिषासुरले आफ्नो सेनालाई
देवीमाथि आक्रमण गर्न आदेश दिए र अन्य राक्षस र राक्षसहरूको समूह पनि युद्धमा हाम
फाले । तर देवीले एकै प्रहारमा राक्षसहरूको संहार गरिन । यस युद्धमा महिषासुर टत
मारियो नै साथै अन्य पनि मारिए । ठूला- ठूला दानव र राक्षस पनि माताको हातबाट मारिए । यसरी माताले सबै देवताहरुलाई दानवहरूबाट मुक्त गरिदिइन् ।