मुख्य समाचार
वर्तमान सरकारले सबै क्षेत्रमा निराशा मात्रै फैलायो : अध्यक्ष उपेन्द्र यादव | जुबेदा खातुन हत्या प्रकरण: दोषीमाथि कडा कारबाही गर्न पूर्व सांसद यादवद्वारा माग | त्रिदेवी बचत तथा ऋण सहकारीको १५ औँ वार्षिक साधारणसभा सम्पन्न | मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ |

सिरानीमुनि पेस्तोल र गोठमा लुकाइएको गोलीसहित एक पक्राउ

Ujyalosandeshonline 12614+ समाचार ( )
२ असार २०८२, सोमबार

काठमाडौं । मकवानपुरको राक्सिराङ गाउँपालिका–१ मा लागूऔषध तथा हातहतियार बरामद भएको छ । प्रहरीले स्थानीय राजु स्याङतानलाई पक्राउ गरी कारबाही अघि बढाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको संयुक्त प्रहरी टोलीले स्याङतानको घरमा खानतलासी गर्दा उनको सुत्ने कोठामा सिरानीमुनि लुकाइएको अवस्थामा एमएम युनिभर्सल मेड इन इटाली लेखिएको म्यागजिनसहितको पेस्तोल १ थान, थप १ थान खाली म्यागजिन र १३ राउण्ड गोली बरामद गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

त्यसैगरी गोठको दोस्रो तल्लामा मकैको खोस्टा र पत्करभित्र प्लास्टिकको झोलामा लुकाइ राखिएको अर्को कटुवा पेस्तोल १ थान र एमएम लेखिएको १२ राउण्ड गोलीसमेत फेला परेको प्रहरीले जनाएको छ ।

लागूऔषधतर्फ स्याङतानको घरबाट अफिमजस्तो देखिने गिलो पदार्थ १ किलो ३१० ग्राम र गाँजा २२ किलो ८०० ग्राम बरामद गरिएको छ । यससँगै लागूऔषध र हातहतियार खरखजना सम्बन्धी मुद्दामा उनलाई नियन्त्रणमा लिई आवश्यक कारबाही अगाडि बढाइएको छ । स्याङतान आपराधिक गतिविधिमा संलग्न पुनरावृत्तिपूर्ण पात्र रहेको खुलेको छ । ०७१ सालमा लागूऔषध मुद्दामा पक्राउ परी दुई वर्ष कैद भुक्तान गरेका थिए ।

०७६ साल साउन ४ गते, लागूऔषध र हातहतियार मुद्दामा पक्राउ परी ५ वर्ष ६ महिना कैद सजाय पाएका स्याङतान ०८१ सालको माघमा छुटेका थिए । हाल पुनः लागुऔषध र अवैध हातहतियारसहित पक्राउ परेका स्याङतानमाथि आवश्यक अनुसन्धान तथा मुद्दा दर्ता प्रक्रिया अगाडि बढाइएको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार