मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

पश्चिम नवलपरासीका केरा किसानहरू समस्यामा: भारतीय केराको आयातले बजार अभाव

सितमती हरिजन 24+ समाचार ( )
४ अशोज २०८२, शनिबार

सुस्ता । पश्चिम नवलपरासीको सुस्ता गाउँपालिका वडा नं ४, नर्सहीका किसानहरू यतिबेला गम्भीर संकटमा परेका छन् । उखु खेतीमा अपेक्षित लाभ नभएपछि केरा खेतीतर्फ आकर्षित भएका किसानहरू अहिले भारतीय केराको अनियन्त्रित आयातका कारण आफ्नो उत्पादनले बजार नपाउँदा ठूलो मर्कामा परेका हुन् ।

गत वर्ष प्रति दर्जन ३५ देखि ६० रुपैयाँमा बिक्री भएको केरा यस वर्ष १८ देखि ३० रुपैयाँमा पनि बिक्री हुन नसकेको किसानहरू बताउँछन्। यसले गर्दा लगानी समेत उठाउन नसक्ने अवस्थामा पुगेको उनीहरूको गुनासो छ। केरा महासंघका अध्यक्ष लखु यादवले भारतीय केरा निर्वाध रूपमा नेपाल भित्रिँदा स्वदेशी उत्पादनले बजार पाउन नसकेको बताउनुभयो। उहाँले यसले किसानहरूको मनोबल गिराएको र आगामी दिनमा केरा खेती नै छाड्नुपर्ने अवस्था आउन सक्ने चिन्ता व्यक्त गर्नुभयो।

स्थानीय किसानहरूले पनि अध्यक्ष यादवको भनाइमा सहमति जनाउँदै भारतीय केराको सहज पहुँचका कारण आफ्नो उत्पादनले उचित मूल्य नपाएको र यसले गर्दा आफूहरू ऋणमा डुब्ने अवस्थामा पुगेको दुखेसो पोखेका छन्। यस विषयमा सरकारको ध्यानाकर्षण गराउँदै किसानहरूले भारतीय केराको आयातमा नियन्त्रण गरी स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्नुपर्ने माग गरेका छन्। अन्यथा, पश्चिम नवलपरासीका केरा किसानहरूको समस्या दिनानुदिन बढ्दै जाने र यसले समग्र कृषि क्षेत्रमा नकारात्मक असर पार्ने देखिन्छ। यस समस्याको समाधानका लागि तत्काल सरकारी पहल आवश्यक देखिन्छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार