मुख्य समाचार
हरेक नागरिकलाई आवासको सुनिश्चितता गरिनेछः प्रधानमन्त्री शाह | ७१ औँ प्रहरी दिवसका अवसरमा चापाकोटको शीतलपार्कमा सरसफाइ | दाउन्ने दुर्घटना अपडेटः मृतक सबैको सनाखत | कुष्ठरोग निवारणका लागि लुम्बिनी प्रदेश सरकारले छाला रोग स्क्रिनिङ अभियान चलाउने | दाउन्ने दुर्घटनामा छ जनाको मृत्यु | कानुन सुधारमार्फत विकास र लगानीको वातावरण निर्माण गर्छौं : मन्त्री लम्साल | धान भित्र्याउने बेलामा बाढीले खेतै लग्यो | रौतहटमा एक लाख २० हजार थान अन्तःशुल्क स्टिकर बरामद | लुम्बिनी बौद्ध विश्वविद्यालयलाई विशिष्ट पहिचान कायम गर्न मन्त्री पोखरेलको निर्देशन | हिमपातले कैलाश मानसरोवर यात्रा प्रभावित |

नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा हेटौंडामा हुने

Ujyalosandeshonline 12444+ समाचार ( )
२७ पौष २०८१, शनिबार

नेपाल पानी उद्योग वाणिज्य महासंघको प्रारम्भिक साधारण सभा आउँदो माघ महिनाको १७ गते हेटौंडामा हुने भएको छ । देशैभरिका जार तथा बोतलका प्रशोधित पानी उत्पादन गरि बजारमा पठाउने उद्योगहरुको छाता संस्थाको गठन गर्न पुष २६ र २७ गते काठमाण्डौंमा बसेको उद्योगीहरुको भेलाले माघ १७ गते प्रारम्भिक साधारण सभा राख्ने निर्णय गरेको हो ।

भेलाले साधारण सभाको तयारी गर्न बिक्रम लिम्बु चेमजोङको संयोजकत्वमा १९ सदस्यीय कार्यकारिणी तयारी समिति समेत गठन गरेको छ । उक्त समितिको पूर्ण बैठकले सो प्रारम्भिक साधारण सभा हेटौंडामा आयोजना गर्ने निर्णय गरेको हो । कार्यक्रममा देशै भरीका प्रदेश संघ, विभिन्न जिल्लामा रहेका जिल्ला संघ, नगर तथा क्षेत्रीय संघका प्रतिनिधिहरूको सहभागी रहने संयोजक बिक्रम लिम्बुचेमजोङले बताउनु भयो । 

त्यसैगरी समितिका सदस्यहरुमा गोकर्ण सिलवाल, गंगा प्रसाद अगंजा, गोकुल थापा, रविन्द्र मोहन अधिकारी, लिला भण्डारी, मिना दाहाल, भिमसेन खतिवडा, भरत बुढाथोकी, रुपचन्द्र थापा, रोसा  श्रेष्ठ, राष्ट्रमान श्रेष्ठ, कैलास भट्ट, दिपक श्रेष्ठ, ध्रुब अधिकारी, बिक्रम मण्डल, रुपचन्द्र नौलाखा, ध्रुब बहादुर गौतम, अमराज लामा रहेका छन् । उक्त समितिको बैठकले भरत  लकाई र देव नारायण चौलागाई रहेको दुई सदस्यीय कानुनी सल्लाहाकार समिति समेत गठन गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार