मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

इलाम–२ मा ५७ प्रतिशत मतदान

Ujyalosandeshonline 12321+ समाचार ( )
१५ वैशाख २०८१, शनिबार

काठमाडौं । प्रतिनिधि सभा सदस्यका लागि भएको उपनिर्वाचनअन्तर्गत शनिबार इलाम क्षेत्र नं २ मा अपेक्षाभन्दा कम मतदान भएको छ ।

विहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजे सकिँदा ५७ प्रतिशत अर्थात करिब ६६ हजार मत खसेको इलामका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए । उक्त निर्वाचन क्षेत्रमा मतदाता संख्या १ लाख १५ हजार ८ सय ८९ छ ।

मतदान प्रक्रिया शान्तिपूर्णरूपमा सकिएर मतपेटिका संकलनको काम भइरहेको जानकारी प्रजिअ यादवले दिए ।

मतपेटिका संकलन गरेर इलाम बजारस्थित सिटी हलमा राखिने भएको छ । मतगणनाका लागि सिटी हलमा तारजालीसहित सीसीटीभी क्यामरा जडान गरिएको छ ।  मतगणना दुई ठाउँमा गर्ने तयारी छ ।

इलाम–२ मा १२ राजनीतिक दलका १२ र ७ स्वतन्त्र गरि १९ जना उम्मेदवार प्रतिस्पर्धी छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार