मुख्य समाचार
पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने |

मधेश प्रदेश प्रमुख भण्डारी समझ लेखापरीक्षण प्रतिवेदन पेस

Ujyalosandeshonline 12547+ समाचार ( )
२ जेठ २०८२, बिहीबार

जनकपुर । महालेखापरीक्षकको कार्यालयबाट जारी भएको लेखापरीक्षण प्रतिवेदन मधेश प्रदेशका प्रमुख सुमित्रा सुवेदी भण्डारी समझ पेस गरिएको छ । बिहीबार नायब महालेखा परीक्षक इन्द्र प्रसाद आचार्यले मधेश प्रदेशका प्रदेश प्रमुख भण्डारीलाई २०८०÷८१ को लेखापरीक्षण प्रतिवेदन बुझाएका छन् ।

प्रतिवेदनमा उल्लेख भए अनुसार २०८०÷८१ मा प्रदेश मन्त्रालय, समिति र अन्य संस्थासमेत १५९ निकायको रु ४६ अर्ब ५ लाख ७ हजारको लेखापरीक्षण गरिएको छ । जसमध्ये जम्मा बेरुजु जम्मा १ अर्व १६ करोड ३८ लाख २ हजार ठहर भएको छ । यो लेखापरीक्षण अंकको २.५३ प्रतिसत रहेको छ ।

गत वर्षको तुलनामा यो वर्ष राजस्व असुली ५.४० प्रतिशतले बढेको प्रतिवेदनले देखाएको छ । यो वर्षको कुल राजस्व असुली लक्ष्या (अनुदान बाहेक) रु १५ अर्ब ७६ करोड २ हजार रहेकोमा रु १४ अर्ब ४० करोड ८३ लाख ७६ हजार असुली भई लक्ष्याको तुलनामा ९१.४२ प्रतिसत असुल भएको प्रतिवेदनमा उल्लेख रहेको छ ।

७ वटै प्रदेशमध्ये सबै भन्दा बढी बेरुजु मधेश प्रदेशकै भएतापनि २०७५ देखिको विवरण हेर्दा क्रमिक रुपमा यस वर्ष मधेश प्रदेशको बेरुजु पहिले भन्दा कम हुँदै गइरहेको महालेखा परीक्षक आचार्यले जानकारी दिनुभयो । उनले मन्त्रालय र अन्य निकायहरुमा भएका कामकाजहरुको हिँसाब किताबमा कमि देखिएकोले पनि बेरुजु बढेको बताए । प्रतिवेदन बुझ्दै प्रदेश प्रमुख सुवेदीले प्रतिवेदन अनुसार सम्बिधीत मन्त्रालय, संस्था र निकायहरुलाई काम काजमा गम्भिर हुन निर्देशन दिने बताइन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार