मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने

Ujyalosandeshonline 12611+ समाचार ( )
९ फाल्गुन २०८१, शुक्रबार

जनकपुर । प्रेस मञ्च नेपालको राष्ट्रिय महाधिवेशन बैशाख ६ र ७ गते जनकपुरधाममा हुने भएको छ ।प्रेस मञ्च नेपालको जनकपुरधाममा सम्पन्न केन्द्रिय समितिको बैठकले बैशाख ६ र ७ गते जनकपुरधाममा राष्ट्रिय महाधिवेशन हुने गरि कार्यतालिका समेत सार्वजनिक गरेको महासचिव अवधेश कुमार झाले जनाएका छन ।

महाधिवेशनका लागि फागुन मसान्तसम्म सदस्यता वितरण, चैत्र १५ गते भित्र जिल्ला अधिवेशन, चैत्र मसान्तसम्म प्रदेश अधिवेशन र बैशाख ६ गते राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्र सम्पन्न हुने जनाइएको छ । जनता समाजवादी पार्टी नेपालले भातृ तथा शुभेच्छुक संगठनहरुलाई बैशाख मसान्त भित्र राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न गरेको परिपत्र अनुसार सुभेच्छुक संगठन रहेको प्रेस मञ्च नेपालले महाविधेशन गर्न लागेको हो ।

कार्यवाहक अध्यक्ष मनोज यादवको अध्यक्षतामा भएको बैठकमा जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं बौद्धिक पेशाकर्मीका इन्चार्ज डा. सुरेन्द्र यादव, जसपा नेपालका प्रदेश अध्यक्ष बालकिशोर यादव, जसपा नेपाल केन्द्रियप्रचार विभाग सदस्य एवं प्रेस मञ्च नेपालका संस्थापक आतिश मिश्र सहितको विशेष उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार