मुख्य समाचार
संविधान कार्यान्वयन प्रभावकारी बनाउनुपर्नेमा जोड | भारतको बैरगनियाका विद्यार्थीद्वारा भोटेकोसी विपद् पीडितका लागि राहत सहयोग | रौतहटको प्रादेशिक अस्पताल गौरमा कार्यरत पाँच विशेषज्ञ चिकित्सक दरबन्दीस्थल फर्किए | गौर भन्सार नाकाबाट २ लाख ५४ हजार नगदसहित दुई जना पक्राउ | कांग्रेसको वडा अधिवेशनमा सहभागी हुन आग्रह | स्रोत नखुलेको ३४ लाखसहित दुई जना पक्राउ | संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति |

सुदूरपश्चिममा नेकपाका अधिकांश उम्मेदवारको टुङ्गो

Ujyalosandeshonline 12342+ समाचार ( )
४ माघ २०८२, शनिबार

सुदूरपश्चिम । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)ले आगामी फागुन २१ मा हुने प्रतिनिसभा सदस्य निर्वाचनका लागि सुदूरपश्चिमका अधिकांश निर्वाचन क्षेत्रमा उम्मेदवार टुङ्गो लगाएको छ । कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ बाहेक अन्य सबै क्षेत्रमा उम्मेदवारको टुङ्गो लागेकोे पार्टीका प्रदेश सचिव जनक बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार कैलाली निर्वाचन क्षेत्र नं १ मा रामलाल डगौरा थारु, क्षेत्र नं ३ मा वीरमान चौधरी र क्षेत्र नं ४ मा हरि चौधरीलाई उम्मेदवार बनाउने तय भएको छ ।

यस्तै, कञ्चनपुर निर्वाचन–१ मा बिना मगर, क्षेत्र नं २ मा लालबहादुर खड्का र क्षेत्र नं ३ मा मानबहादुर सुनार उम्मेदवार बन्ने निश्चित भएको छ । अछाम निर्वाचन क्षेत्र नं १ मा डा भीमबहादुर रावल र क्षेत्र नं २ मा शरद्सिंह भण्डारीको नाम टुङ्गो लागेको पनि बुढाले बताउनुभयो ।

यसैगरी, डोटीमा प्रदेश सरकारका पूर्वमुख्यमन्त्रीसमेत रहनुभएका त्रिलोचन भट्ट, बाजुरामा प्रकाशबहादुर शाह, डडेल्धुरामा मानसिंह माल, दार्चुलामा लक्ष्मणदत्त जोशी, बैतडीमा परमानन्द भट्ट र बझाङमा मीनबहादुर कुँवरलाई उम्मेदवार बनाउने करिब टुङ्गो लागेको उहाँले जानकारी दिनुभयो । 

 कैलालीका निर्वाचन क्षेत्र नं २ र ५ मा पनि छिट्टै उम्मेदवारको टुङ्गो लाग्ने नेता बुढाले बताउनुभयो । उहाँले भन्नुभयो, “कैलाली क्षेत्र नं २ मा नन्दबहादुर साउद र क्षेत्र नं ५ मा प्रेमबहादुर आलेले टिकट पाउने सम्भावना छ ।” उम्मेदवारका आकाङ्क्षी केन्द्रमा सिफारिस गरिसकेका नेपाली कांग्रेस, नेकपा (एमाले)लगायतका दलले भने अझै दलका तर्फबाट उठाइने उम्मेदवारको टुङ्गो लगाउन बाँकी छ । निर्वाचनका लागि यही माघ ६ गते उम्मेदवारको मनोनयन गर्नुपर्ने कार्यतालिका छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार