मेलम्ची आयोजनाका तीन पूर्वसचिवसहित १७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Ujyalosandeshonline 12326+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौं ।  मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको अभियोगमा पूर्वसचिव भीम उपाध्याय, सञ्जय शर्मा र गजेन्द्रकुमार ठाकुरसहित १५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार उनीहरुविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो । ७ अर्बभन्दा बढी भ्रष्टाचार भएको निष्कर्षसहित मुद्दा दायर गरेको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

आयोजनामा निर्माण व्यवसायीसँग काम नै नगरी भुक्तानी दिएको, पछिल्लो निर्माण कम्पनीले छाडेर गएको मेसिन तथा अन्य सामग्रीको भाडाबापतको रकम कट्टा नगरी भुक्तान गरेको लगायतका गुनासोउपर उजुरीमाथि छानबिन गरी मुद्दा दायर गरिएको आयोगले जनाएको छ । 

आयोगले अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङ विरुद्धसमेत मुद्दा दायर गरेको छ । तामाङ उतिबेला मेलम्ची खानेपानी विकास समितिका बोर्ड सदस्य थिए । 

अभियोगपत्रअनुसार मेलम्ची खानेपानी विकास समितिका अध्यक्ष एवम् तत्कालीन सचिवहरू शर्मा, उपाध्याय र गजेन्द्रकुमार ठाकुरविरुद्ध आयोगले क्रमशः ६ करोड ९७ लाख ८३ हजार, ४ करोड ११ लाख ३४ हजार र ६० करोड ४९ लाख १९ हजार रुपैयाँ विगो मागदाबीसहित गरिएको छ । 


प्रतिक्रिया

ताजा समाचार

सबै







ट्रेन्डिङ

सबै