मुख्य समाचार
प्रहरी निरीक्षक कृष्णप्रसाद घिमिरे 'पुलिस अफ द मन्थ' घोषित | बालिका बलात्कार र हत्याका दोषीलाई कारबाही गर्न कांग्रेसको माग | बाजुरामा पहिरोले दुई घर बगायो | स्वास्थ्य बिमामा यस वर्ष बजेट थप गरिएको छः अर्थमन्त्री डा स्वर्णिम वाग्ले | शिक्षक–कर्मचारीको पारिश्रमिक वृद्धिः चार अर्ब ६८ करोड चाहिने | ‘अख्तियारको कामकारबाहीमा कुनै राजनीतिक हस्तक्षेप हुँदैन’ | कार्यपालिका सदस्य सुभावती चमारको निधनमा सिद्धार्थनगरमा आज शोक बिदा | प्रस्तावित शिक्षा ऐनलाई अन्तिम रुप दिन शिक्षा मन्त्रालयको प्राथमिकता | नेपालगञ्ज–पोखरा उडान पुनः सुरु हुँदै | सरकारी कार्यालयमा स्वदेशी वस्तुको प्रयोग बढाउन सरकारको आग्रह |

डुबेर एक बालकको मृत्यु, अर्काको खोजी जारी

Ujyalosandeshonline 12093+ समाचार ( )
१४ असार २०८३, आइतबार

सिद्धार्थनगर (भैरहवा) । मोहर्रम पर्वका अवसरमा रूपन्देहीको रोहिणी गाउँपालिका–१ गुजरपुरवास्थित रोहिणी नदी किनारमा लागेको ताजिया मेला हेर्न गएका दुई बालक नदीमा डुब्दा एक जनाको मृत्यु भएको छ भने अर्का एक बालक बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय रूपन्देहीका अनुसार ओमसतिया गाउँपालिका–४ वसन्तपुर निवासी करिब नौ वर्षीय आकाश पासी र ११ वर्षीय अरमान पठान शुक्रबार साँझ ६ः३० बजे नदीमा पौडी खेल्ने क्रममा डुबेका थिए ।

मोहर्रम पर्वका अवसरमा ताजिया विसर्जनका लागि ठूलो सङ्ख्यामा स्थानीय भेला भएका बेला ती बालक मुख्य विसर्जन स्थलबाट करिब ७०० मिटर टाढा नदीमा नुहाउन र पौडी खेल्न गएका थिए । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णबहादुर चन्दले खोजीका क्रममा आकाश पासीलाई नदीबाट उद्धार गरी उपचारका लागि भीम अस्पताल भैरहवा पुर्याइएको भए पनि चिकित्सकले मृत घोषणा गरेको जानकारी दिनुभयो ।

बेपत्ता भएका अरमान पठानको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय बेलहियाका प्रहरी निरीक्षक हरिराम डाँगीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको गोताखोर टोली तथा स्थानीयवासीको सहयोगमा खोजी कार्य जारी छ । प्रहरीका अनुसार वर्षाका कारण रोहिणी नदीमा पानीको सतह बढेको र पानी धमिलो रहेकाले दुर्घटना भएको प्रारम्भिक अनुमान गरिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रूपन्देहीले जनाएको छ ।

प्रतिक्रिया

Rajesh Dhawal १४ असार २०८३, आइतबार

Gujarpurawa kahiely dekhi rohini gaunpalika ma samabes vayo hjur ali jankari purayera news lekhnus

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार