मुख्य समाचार
पेन्ड्राइभसहित ५ लाख ३९ हजार बराबरको सामान बरामद | सरकारले दिगो खाद्यसुरक्षा सुनिश्चित गर्ने नीति लिएको छः कृषिमन्त्री चौधरी | स्थानीयको सक्रियतामा लाङटाङ पदमार्ग मर्मत | यातायात क्षेत्रका समस्या समाधान गर्न सांसदहरूको प्रतिबद्धता | क्यान्सर अस्पताल सुधारका लागि अध्ययन समिति | रूपन्देहीमा व्यावसायिक फर्म बन्द हुने क्रम बढ्दो | एकैपटक एक हजार २९६ सशस्त्र प्रहरी जवान दीक्षित | पोखरा अन्तरराष्ट्रिय विमानस्थलमा ‘आरएनपी–एआर’ प्रणाली लागू गरिँदै | पश्चिम नवलपरासीमा १४ लाख बढीको अवैध मदिरा बरामद | विपद्पछिको पुनर्निर्माण र पुनःस्थापना सरकारको प्राथमिकताः मन्त्री पुन |

नयाँ बजेटमा स्वास्थ्य मन्त्रालयलाई ८६ अर्ब

Ujyalosandeshonline 12537+ समाचार ( )
१५ जेठ २०८१, मङ्गलबार

काठमाडौं । सरकारले स्वास्थ्य मन्त्रालयका लागि ८६ अर्ब २४ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । आधारभूत र आकस्मिक स्वास्थ्य सेवालाई सर्वशुलभ र गुणस्तरीय बनाउन सरकारले बजेटमार्फत १५ अर्ब रुपैयाँ छुट्याएको छ । 

अर्थमन्त्री वर्षमान पुनले भने, ‘स्वास्थ्य संस्थामा अत्यावश्यक औषधि, उपकरण र दक्ष जनशक्तिको उपलब्धता सुनिश्चित गरिने, निर्माण सम्पन्न भएका पाँच, दश र पन्ध्र शैयाका आधारभूत अस्पतालहरु विधि तय गरी सञ्चालन गरिने, निर्माणाधिन अस्पतालहरुको निर्माण कार्य पूरा गरिने छ । यसका लागि १५ अर्ब ४१ करोड विनियोजन गरेको छु ।’ 

यस्तै विपन्न नागरिकलाई मुटु, क्यासर, मृगौला, अल्जाइमर्स, पार्किन्सन, इस्पाइनल इन्ज्युरी तथा हेड इन्ज्युरी, सिकलसेल जस्ता रोगमा सौलियतका लागि सरकारले प्रति बिरामीले १ लाख रुपैयाँ पाउने गरी बजेटको व्यवस्था गरेको छ । जसका लागि सरकारले ३ अर्ब विनियोजन गरेको अर्थमन्त्री पुनले बताए ।   

आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट उपलब्ध गराउँदै आएको ९८ प्रकारका औषधी निशुल्क उपलब्ध गराउन, खोप र प्रजनन् स्वास्थ्यका लागि आवश्य सामग्रीका लागि १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको समेत वक्तव्यमा उल्लेख छ । 

मंगलबार संघीय संसद्को संयुक्त बैठकमा सरकारको आउँदो आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले भने, ‘आधारभूत स्वास्थ्य सेवा केन्द्र र आधारभूत अस्पतालबाट उपलब्ध गराउँदै आएको ९८ प्रकारका औषधी तथा खोप र निशुल्क उपलब्ध गराउन, खोप र प्रजनन् स्वास्थ्यका सम्बन्धी आवश्यक सामग्री निशुल्क उपलब्ध गराउन १ अर्ब ४३ करोड रुपैयाँ विनियोजन गरेको छु ।’

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार