मुख्य समाचार
"ढुक्कसँग पर्व मनाउनुहोस्, प्रहरी २४ घण्टा सेवामा तयार छ" — इन्स्पेक्टर डम्बर विश्वकर्मा | रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने | एकीकृत साइबर स्क्याम प्रतिकार्य केन्द्रद्वारा सेवा प्रारम्भ, चौबीसै घण्टा '१२४७' सञ्चालनमा | सशस्त्र प्रहरीद्वारा रुपन्देहीमा अवैध सामान बरामद : लत्ताकपडा र मोटरसाइकल नियन्त्रणमा | प्रहरीको शारीरिक तथा मानसिक स्वास्थ्य प्रवर्द्धनका लागि पदयात्रा | लुम्बिनीका सबै स्थानीय तहमा बालविवाह न्यूनीकरण कार्यक्रम सञ्चालन गरिने | आज धनतेरससँगै नेपालीहरूको महान् पर्व तिहार सुरु | सशस्त्र प्रहरी महानिरीक्षक पौडेलद्वारा सीमा सुरक्षा र शान्ति व्यवस्थापनमा उच्च सतर्कता अपनाउन निर्देशन | सशस्त्र प्रहरीको नं. ३४ गणमा मानव अधिकार र सुशासनसम्बन्धी विशेष प्रशिक्षण | नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई प्रधानमन्त्रीको निर्देशन: ‘नागरिकको जीउधनको सुरक्षामा कमजोरी नहोस्’ |

रुपन्देहीमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने

Ujyalosandeshonline 12640+ समाचार ( )
२१ कार्तिक २०८३, शुक्रबार

भैरहवा । रुपन्देही जिल्लामा यस वर्षको तिहारमा राति १० बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सूचना जारी गर्दै प्रचलित परम्परा अनुसार मनाइने देउसी–भैलो जस्ता सांस्कृतिक कार्यक्रम राति १० बजेसम्म मात्र गर्न आग्रह गरेको हो। प्रशासनले चाडपर्वका अवसरमा सामाजिक सद्भाव कायम राख्दै सुरक्षित, अनुशासित र शान्तिपूर्ण वातावरणमा पर्व मनाउन सर्वसाधारणसँग अपिल गरेको छ।

जारी सूचना अनुसार सर्वसाधारणलाई बाधा–अवरोध र असर पर्ने गरी ध्वनि प्रदूषण गराउने साउण्ड सिस्टम (डिजे) नबजाउन, जुवातास खेल्ने तथा खेलाउने जस्ता गैरकानुनी गतिविधि नगर्न आग्रह गरिएको छ । यसैगरी भुइँचम्पा, पटका तथा आतसबाजीजस्ता प्रज्वलनशील र विस्फोटक पदार्थको ओसारपसार, बिक्री–वितरण तथा प्रयोग नगर्न र नगराउन समेत कडा निर्देशन दिइएको छ। जिल्ला प्रशासन कार्यालय रुपन्देहीका सहायक प्रमुख जिल्ला अधिकारी लेखनाथ न्यौपानेद्वारा जारी सूचनामा प्रशासनको निर्देशन विपरीत कुनै पनि गैरकानुनी कार्य गरेको पाइएमा कानून बमोजिम कडा कारबाही गरिने चेतावनी दिइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार