मुख्य समाचार
जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद | काँग्रेसमा गुट-उपगुट अन्त्य गरी पार्टीलाई एकढिक्का बनाउन नेताहरूको जोड | प्रधानमन्त्री शाहको भारत भ्रमण आगामी मङ्सिर दोस्रो साता हुने | खनिज पदार्थबाट राज्यलाई आर्थिक लाभ |

थारु समुदायको पहिचान संरक्षणको लागि थारु संग्रहालय स्थापना हुदैँ

Ujyalosandeshonline 12546+ समाचार ( )
१२ असार २०८२, बिहीबार

जनकपुर । मधेश प्रदेश सरकारले थारु समुदायको भाषा, संस्कृति र पहिचानको संरक्षण तथा प्रवद्र्धनका लागि सप्तरीमा ‘रामानन्द सिंह थारु संस्कृति विकास तथा संरक्षण अध्ययन केन्द्र तथा थारु संग्रहालय’ स्थापना गर्ने भएको छ । थारु समुदायका अगुवा रामानन्द सिंह थारुको नाममा केन्द्र स्थापना गर्ने योजना ल्याइएको हो ।

मधेश प्रदेश सरकार अन्तर्गत उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयले उक्त संग्रहालय स्थापनाका लागि २५ लाख रुपैयाँ बजेट विनियोजन गरेको छ । थारु समुदायको सांस्कृतिक पहिचान जगेर्ना गर्ने ऐतिहासिक प्रयासको रूपमा यस केन्द्रको स्थापना हुने मन्त्रालयले जनाएको छ ।

हालसम्म कुनै पनि राजनीतिक दलले थारु समुदायको भाषा र संस्कृतिको विकास एवं संरक्षणतर्फ स्पष्ट कदम चालेको इतिहास नरहेको अवस्थामा जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको पहलमा यो योजना अगाडि बढेको जनाइएको छ । 

जनमत पार्टीले थारु समुदायसँगको ऐतिहासिक सम्बन्धलाई मूल्यांकन गर्दै सांस्कृतिक उत्थानका विषयलाई नीति तथा कार्यक्रममा समेट्दै आएको छ । यही निरन्तरताको रुपमा यस केन्द्रको स्थापना हुने भएको जनमत पार्टीले जनाएको छ। ‘रामानन्द सिंह थारु भाषा–संस्कृतिको विकास तथा संरक्षण अध्ययन केन्द्र’ स्थापनाको काम यहि वर्षदेखि अगाडि बताइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार