मुख्य समाचार
रामनरेश यादव आदर्श नमुना मावि धकधईको विव्यस अध्यक्षमा मिश्र सर्वसम्मत | भारतीय स्थल सेनाध्यक्ष सेठ स्वदेश फिर्ता | ‘विपद् व्यवस्थापनमा सरकार संवेदनशील छ’ | रेसुंगामा साउने मेलाको भेटी गणना सुरु | शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि गर्ने सरकारको निर्णय | धानमा ‘फेद डढुवा’ रोग देखिन थालेपछि सतर्कता अपनाउन आग्रह | बाँके निकुञ्ज क्षेत्रमा ‘टाइम कार्ड’को समयावधि घटाइयो | आजको मौसम : कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना | दश वर्षमा पनि बनेन मनाङमा पुल | बुटवलबाट बेनीतर्फ लैजाँदै गरेको ८५ हजारको अवैध कपडा पाल्पामा बरामद |

पीएम कप छनोट सुरु, रूपन्देही र बर्दिया विजयी

Ujyalosandeshonline 12083+ समाचार ( )
२० माघ २०८२, सोमबार

भैरहवा । प्रधानमन्त्री कप एक्स्ट्रिम इनर्जी ड्रिंक लुम्बिनी प्रदेशस्तरीय पुरुष एक दिवसीय क्रिकेट छनोट प्रतियोगिता सुरु भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघको आयोजनामा भैरहवास्थित सिद्धार्थ क्रिकेट मैदान र तिलोत्तमास्थित एक्स्ट्राटेक ओभल क्रिकेट मैदानमा छनोट खेल सुरु भएका हुन् । सोमबारदेखि सुरु छनोट खेलमा रुपन्देही र बर्दिया विजयी भएका छन् । रुपन्देहीले कपिलवस्तुलाई ७ विकेट र बर्दियाले पश्चिम नवलपरासीलाई पनि ७ विकेटले नै पराजित गर्दै जित निकालेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा पहिलो ब्याटिङ गरेको कपिलवस्तुले निर्धारित ५० ओभरमा ३७ ओभर १ बलमा अलआउट हुँदै १ सय ८ रनको झिनो योगफल बनायो । उसका लागि रौनक श्रीवास्तवले ३१, मोहम्मद सहबाज मुसलमानले २४ र शिव कुँवरले २० रन बनाए । बलिङमा रुपन्देहीका मौसम ढकालले ५ तथा अजय चौहानले २ विकेट लिए । जवाफमा रुपन्देहीले १२ ओभर ३ बलमा ३ विकेट गुमाएर १ सय ९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा देव खनालले अविजित ७५ रनको अर्धशतकीय पारी खेले । यस्तै, आकाश त्रिपाठीले १८ रन जोडे । बलिङमा कपिलवस्तुका महेश भरले २ तथा जीवन मौर्यले १ विकेट लिए । खेलमा मौसम ढकाल प्लेयर अफ द म्याच भए । 

एक्स्ट्राटेकमा भएको अर्को खेलमा सुरुमा ब्याटिङ गरेको नवलपरासीले ४९ ओभर ३ बलमा सबै विकेट गुमाएर २ सय ३५ रन बनायो । उसका लागि जितेन्द्र केवटले ५५, भरतकुमार मगरले ४२, सम्राट भुसालले ३० र दीलिप कुर्मीले २४ रन बनाए । बलिङमा बर्दियाका स्लोप चौधरी र निखिल खत्रीले ३–३ विकेट लिए । जवाफमा बर्दियाले ४२ ओभर ३ बलमा ३ विकेट गुमाएर २ सय ३९ रन बनाउँदै जित निकाल्यो । उसको जितमा सुमित श्रेष्ठले १ सय ८ रनको शतकीय पारी खेले । यस्तै, नितेष न्यौपानेले ४२ तथा हर्षल भण्डारी र अशिम गिरीले समान २९ रन जोडे । बलिङमा नवलपरासीका सुमित थापाले २ तथा भरतकुमार मगरले १ विकेट लिए । खेलमा सुमित श्रेष्ठ प्लेयर अफ द म्यच भए ।

माघ २४ गतेसम्म चल्ने छनोट खेलको विजेता र उपविजेता टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, प्लेयर अफ द म्याचले ११ हजार १ सय ११ र प्रत्येक दिनको म्यान अफ द म्याचले १ हजार १ सय रुपैयाँ प्राप्त गर्ने खेल संयोजक प्रथम पराजुलीले जनाए । प्रतियोगिताको टाइटल स्पोन्सरमा एक्स्ट्रिम इनर्जी ड्रिंक उत्पादक कम्पनी एग्रो थाई फूड्स छ भने प्रायोजकमा एक्स्पर्ट एजुकेसन एण्ड भिजा सर्भिस, बुटवल, ग्रुप ४ प्रोडक्ट प्रालि, काठमाडौं र ग्रुप ४ सेक्युरिटी सर्भिस प्रालि, काठमाडौं छन् । यस वर्षको प्रधानमन्त्री कप चैत्रमा आयोजना गर्ने गरी क्यानले तयारी गरिरहेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै