मुख्य समाचार
मर्चवारमा तीनदिने बृहत् निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने | मकवानपुरमा डिजेल लोड ट्याङ्कर दुर्घटना : चालक रायमाझीको मृत्यु | राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठक आज बस्दै | सम्मरीमाईमा रुपन्देही समन्वय समितिको घुम्ती बैठक सम्पन्न | नमुना बोर्डिङमा शान्ति चित्रकला प्रतियोगिता सम्पन्न | युवालाई उद्यमी बनाउने प्रदेश सरकारको योजना छः मुख्यमन्त्री आचार्य | रुपन्देहीमा १८ ग्राम खैरो हेरोइनसहित एक युवक पक्राउ | नेपाल-भारत १०औँ समन्वय बैठक काठमाडौँमा सम्पन्न, सीमा सुरक्षा र प्रविधि प्रयोगमा जोड | परासीमा ट्रकको ठक्करबाट पत्रकार पोख्रेलको निधन | विपद् व्यवस्थापनमा समन्वय र पूर्वतयारी आवश्यक : मुख्यमन्त्री आचार्य |

लागूऔषध प्रयोगकर्ताको संख्या बढ्दो

Ujyalosandeshonline 12611+ समाचार ( )
७ असार २०८१, बिहीबार

काठमाडौं । अवैध लागूऔषध प्रयोगकर्ताको तथ्यांक डरलाग्दो अवस्थामा छ । सहरीकरणको विस्तार, खुला सिमाना, वैदेशीक रोजगारीमा सहजतासँगै अवैध लागूऔषध प्रयोगकर्ता सहरमा मात्र नभइ गाउँ गाउँसम्म रहेको पाइएको छ । 

गृहसचिव एकनारायण अर्यालले २०७६ सालमा भएको लागुऔषध प्रयोगकर्ताको सर्वेक्षणबाट नेपालमा लागु औषध प्रयोग गर्नेको संख्या एक लाख ३० हजार चार सय २४ पुगेको रहेको भएपनि यो संख्यामा वृद्धि निरन्तर वृद्धि भइरहेको बताएका छन् ।  

अर्यालले भने, ‘सहरमा मात्र नभइ गाउँमा पनि लागूऔषध प्रयोगकर्ताको संख्या बढिरहेको छ । यसबाट पीडितहरुको संख्या समेत वृद्धि भइरहेको छ । यस्तो खालको विकृति विसंगतीलाई निर्मुल पार्नका लागि सरकार, नेपाल प्रहरी र सबै लागि रहेका छौं ।  अब वर्षदिन भरिमा ७५३ वटै स्थानीय तहहरुमा नेटवर्क विस्तार गर्नुपर्नेछ । लागु औषधलाई नेपाली समाजबाट निस्तेज  पार्न आवश्यक छ । बढ्दो विश्वव्यपीकरण र पर्यापर्यटनको विकाससँगै सहरीकरण र खुला सीमानाका, वैदेशीक रोजगारीको सहजतालगायतका कारणले लागु औषध प्रयोगकर्ताको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ ।’

लागूऔषध प्रयोग गर्नेहरुमा विषेशगरी किशोराअवस्थाका केटाकेटीहरुको संलग्नता पाइएको अर्यालले बताए । लागूऔषध दुव्र्यसन गर्ने नविनतम प्रविधिको प्रयोग समेत बढेको अर्यालको भनाइ छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार