मुख्य समाचार
संस्कृति, प्रकृति र आत्मगौरवको सङ्गम बन्दै आठपहरिया घरबास | लुम्बिनी विश्वकै साझा धरोहर होः मन्त्री पौडेल | भैरहवामा ‘ब्रेन एण्ड माइन्ड क्लिनिक’ सञ्चालनमा, ओपीडी र ल्याब सेवामा विशेष छुट | जसपाको समायोजन कार्यक्रमप्रति लोसपा रुपन्देहीको आपत्ति | त्रिभुवन र कान्ति राजमार्गमा दुईतर्फी यातायात सञ्चालन | डिभाइडरमा मोटरसाइकल ठोक्कियो, चालकको मृत्यु | दीप प्रज्वलन गरी धकधईमा मनाइयो नमुना माध्यमिक विद्यालयको वार्षिक उत्सव | बुद्ध–परिपथले जोडिँदै पनौती, नमोबुद्ध र तेमाल | कर्णालीका नागरिकलाई आश्वासन होइन परिणाम चाहियो : सांसद ज्ञानु पौड्याल | घटनामा दोषी देखिएकालाई कारबाही हुन्छः मन्त्री यादव |

स्रोत नखुलेको १५ लाख हुण्डीको रकमसहित एक जना पक्राउ

Ujyalosandeshonline 12337+ समाचार ( )
८ मंगशिर २०८२, सोमबार

वीरगञ्ज (पर्सा) । स्रोत नखुलेको रु १५ लाख रकमसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा प्रहरी चौकी धोरे र सशस्त्र प्रहरी बल नेपालबाट खटिएको संयुक्त टोलीले पकहाँमैनपुर गाउँपालिका–१ धोरेचेक प्वाइन्टबाट सोही ठाउँका ३४ वर्षे अवधेश पटेल सवार मोटरसाइकलको लेगगार्डबाट रु १५ लाख बरामद भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता हरिबहादुर बस्नेतका अनुसार निजको साथबाट स्रोत नखुलेको रू एक हजार दरका ७९० थान नोट अर्थात् सात लाख ९० हजार र रु पाँच सय दरका एक हजार ३०१ थान नोट अर्थात् रु छ लाख ५० हजार बरामद गरिएको हो । यस्तै, रु १०० र ५० का अन्य रकमसमेत बरामद गरिएको छ । प्रवक्ता बस्नेतले पक्राउ परेका पटेललाई मुलुकी अपराध संहिता, २०७४ को दफा १२५ को (क) बमोजिम (हुण्डी सम्बन्धी कारोबार गर्न नहुने) कसुरमा थप अनुसन्धान भइरहेको जानकारी दिनुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार