मुख्य समाचार
सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता | गड्डाचौकीमा ‘अल्फा’ र ‘डेल्टा’ को ‘ड्युटी’ | पूर्व प्रदेशसभा सदस्य फकरुद्दिन खान रास्वपामा प्रवेश | जग्गा भाडामा लिएर सयपत्री खेती | बडादसैँको शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री भन्नुहुन्छः विदेशिनुपर्ने बाध्यता अन्त्य गर्न सरकार प्रतिबद्ध छ | आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै | राष्ट्रपतिद्वारा बडादसैँको शुभकामना | भैरहवामा मिथिलाञ्चल समाजको शुभकामना आदानप्रदान एवम् सांस्कृतिक कार्यक्रम सम्पन्न | नेपाल प्रहरी जनताको सेवा र विधिको शासनप्रति सदैव प्रतिबद्ध छ : महानिरीक्षक कार्की | भन्सार छलीका रु नौ लाखभन्दा बढीका मोबाइल पार्टपुर्जा बरामद |

लुम्बिनी प्रादेशिक अस्पतालमा निर्वाचन लक्षित विशेष स्वास्थ्य सेवा दल गठन

रासस 712+ समाचार ( )
१२ फाल्गुन २०८२, मङ्गलबार

लुम्बिनी । आसन्न फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालले विशेष स्वास्थ्य सेवा दल गठन गरेको छ । निर्वाचन अवधिमा हुनसक्ने सम्भावित दुर्घटना तथा स्वास्थ्य समस्यालाई मध्यनजर गरी विशेष स्वास्थ्य सेवा दल गठन गरिएको अस्पतालले जनाएको छ । निर्वाचन अवधिमा सार्वजनिक बिदा हुने भएकाले उक्त समयमा परिचालित हुने गरी फागुन १९ देखि २२ गतेसम्म विशेष स्वास्थ्य सेवा दलले काम गर्नेगरी समिति गठन गरिएको अस्पतालका प्रशासकीय प्रमुख प्रेम गौतमले जानकारी दिनुभयो । 

अस्पतालका आकस्मिक विभाग प्रमुख वरिष्ठ कन्सल्टेन्ट डा मोहम्मद नुरुल होदाको संयोजकत्वमा प्रत्येक विभागबाट एकजना सम्पर्क व्यक्ति रहनेगरी समिति गठन गरिएको उहाँले जानकारी दिनुभयो । अस्पतालको नियमित सेवाबाहेक समितिले निर्वाचनको अवधिमा आइपर्ने स्वास्थ्य समस्यालाई मध्ययनजर गरी उपचार सेवामा खटिने व्यवस्था गरिएको प्रमुख गौतमले जानकारी दिनुभयो ।

अस्पतालका मेडिकल सुपेरिटेन्डेन डा इन्द्र ढकालले निर्वाचनलाई सफल बनाउन स्वास्थ्यको क्षेत्रबाट आफूहरूले गर्न सक्ने योगदानका रूपमा यो कार्यक्रमलाई लिएको बताउनुभयो । अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले निर्वाचन निष्पक्ष, भयरहित र शान्तिपूर्ण रूपमा सम्पन्न हुने विश्वास व्यक्त गर्दै अस्पतालको तर्फबाट आवश्यक स्वास्थ्य सेवालाई उक्त अवधिमा थप प्रभावकारी बनाउन समिति गठन गरिएको बताउनुभयो । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार