मुख्य समाचार
घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | बाढी प्रभावित क्षेत्रका सडक सञ्जाल असोजभित्रै सञ्चालन हुन्छ : मन्त्री लम्साल | कांग्रेसको संस्थापनइतर पक्षले छुट्टै १५औँ महाधिवेशन गर्ने | मर्चवारीमाईको श्रीराम गुरुकुलद्वारा बाल दिवसमा प्रभातफेरी आयोजना |

सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा

Ujyalosandeshonline 12320+ समाचार ( )
४ वैशाख २०८३, शुक्रबार

भैरहवा । रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले लामो समयदेखि सडक र फुटपाथमा लाग्दै आएको साप्ताहिक हाटबजारलाई व्यवस्थित बनाउन नवनिर्मित सामुदायिक कृषि बजार पूर्वाधार भवनमा स्थानान्तरण गरेको छ । नगरपालिकाले करोडौँको लागतमा निर्माण सम्पन्न भएको भवनको ‘ए’ ब्लकलाई औपचारिक रूपमा सुचारु गरेसँगै अब सडकका व्यवसायीहरूले अत्याधुनिक भवनबाटै व्यापार सुरु गरेका छन् ।

विगत लामो समयदेखि प्रत्येक साताको आइतबार र बिहीबार सडक किनार तथा फुटपाथमा तरकारी एवं कृषिजन्य सामग्रीको बिक्री गर्दै आएका व्यवसायीहरूले अब नयाँ भवनबाट आफ्नो सेवा दिनेछन् । करिब १२ करोड रुपैयाँको लागतमा निर्माण भएको यो पाँचतल्ले भवन निर्माण सम्पन्न भएको केही वर्षसम्म प्रयोगविहीन अवस्थामा थियो । तर, नगरपालिकाको पछिल्लो सक्रियतासँगै झण्डै ३५० देखि ४०० जना व्यवसायीले नयाँ भवनमा पसल सुरु गरिसकेका छन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत जनक थापाले बिहीबारदेखि नै भवनको ‘ए’ ब्लकबाट कृषिजन्य सामग्रीको व्यवस्थित बिक्री वितरण सुरु भएको जानकारी दिनुभयो । उहाँका अनुसार व्यवसायीहरूलाई सुरुवाती चरणमा प्रोत्साहन गर्नका लागि नगरपालिकाले केही समयका लागि कुनै पनि भाडा नलिने गरी भवन सुचारु गराएको छ । यसले गर्दा व्यवसायीहरूमा थप उत्साह छाएको छ ।

यसैबीच, नगरपालिकाका प्रवक्ता मुक्तिनाथ यादव (भोला) ले नयाँ भवनमा व्यवसाय सञ्चालन गर्दा देखिएका सानातिना र छिटपुट समस्याहरूलाई नगरपालिकाले तत्काल समाधान गर्ने प्रतिबद्धता जनाउनुभयो । नयाँ ठाउँमा व्यापार सुरु गर्न पाउँदा व्यवसायीहरू खुसी देखिएका छन् भने नगरको सडक व्यवस्थापनमा पनि यसले ठूलो सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

नगरपालिकाले अबका दिनमा सिद्धार्थनगरभित्रका कुनै पनि फुटपाथ वा सडक किनारमा बसेर व्यापार गर्न पूर्ण रूपमा रोक लगाएको छ । हाललाई आइतबार र बिहीबार हाटबजारकै रूपमा सञ्चालन हुने भए पनि यस भवनलाई आगामी दिनमा हप्ताका सातै दिन दैनिक बजारका रूपमा विकास गर्ने गरी नगरपालिकाले आवश्यक गृहकार्य गरिरहेको जनाएको छ । यस कदमसँगै भैरहवाको सहरी सौन्दर्यकरण र ट्राफिक व्यवस्थापनमा सुधार आउने विश्वास लिइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार