मुख्य समाचार
देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै | हेलमेटमा लुकाएर ल्याएको रु सात लाख र ब्ल्याङ्क चेकसहित एक भारतीय पक्राउ | विद्यार्थीलाई प्रशासकीय अधिकृतको सुझाव : ‘सफलताका लागि निरन्तर प्रयास र कडा मेहनत आवश्यक’ |

सरकार आफ्ना ‘भ्रष्ट’मान्छे जोगाउन लागिरहेको छ : रवि लामिछाने

Ujyalosandeshonline 12354+ समाचार ( )
६ फाल्गुन २०८०, आइतबार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकारले छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने र निर्दोषलाई फसाउने काममा लागिरहेको बताएका छन् । 

आइतबार बसेको प्रतिनिधिसभाको  बैठकमा उनले बालकुमारी घटनामा दोषी प्रमाणीत भएक भएका मन्त्री प्रकाश ज्वालालाई केही कारबाही नगरेर मन्त्री र सरकाले नैतिकताको प्रदर्शन नगरेको बताए । 

‘बालकुमारी घटनामा १० लाख दिएर सरकार चुपचाप बस्यो । र अहिले छानबिन समितिले निष्कर्ष पनि निकाल्यो जसमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री नै दोषी रहेको कुरा भन्दै आएको थियो त्यो प्रतिवेदनले पनि स्पष्ट पा¥यो । तर अहिलेसम्म मन्त्रीले आफ्नो नौतिकताको प्रदर्शन गरेको छैन् । न सरकार न प्रधानमन्त्रीले ।’

उनले भने,‘ यसमा गर्नुपर्ने के होला ?चुईक्क नबोलेर अन्य विषयमा भाषण गरेर दिँदै जाने नौतिकता कहाँबाट आउँछ ? यसको जवाफ चाहिन्छ । सरकार प्रमाण कतै नभएकालाई खोजेर भएपनि, नक्कली बनाएर भएपनि जसरी पनि थुन्छ । छताछुल्ल प्रमाण भएका मानिसहरुलाई वरपर लिएर हिडिरहने हो भने विधिको शासनकोबारे नबोले पनि हुन्छ ।’

उनले भ्रष्टाचारको फाइल रास्वपाका मान्छेबाटै खोल्न चुनौति दिंदै ललिता निवास, भुटानी शरणार्थी प्रकरणलगायतमा सरकारले आफ्ना मान्छे जोगाउने काम गरेको पुष्टि भइसकेको बताए । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार