मुख्य समाचार
ट्राफिक कारबाहीमा एकैदिन १८ लाख ७६ हजार राजस्व सङ्कलन | कालीगण्डकी करिडोरः कैकुखोलामा पक्की पुल निर्माण | रासायनिक मललाई प्रतिस्थापन गर्दै गँड्यौला मल | पश्चिमी वायुको प्रभावले देशका विभिन्न भागमा बदली, केही स्थानमा मेघगर्जनसहित वर्षा हुने | नारायणगढ-मुग्लिन सडक अवरुद्ध | डीआईजी खत्रीद्वारा रुपन्देहीका सीमावर्ती प्रहरी इकाइको निरीक्षण; सुरक्षा व्यवस्था कडा पार्न निर्देशन | कर्णाली विकासमैत्री कार्यक्रम तथा बजेट निर्माण मुख्यमन्त्री कँडेलको आग्रह | पोखरा विमानस्थल प्रकरणः १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर | सांसदहरूको बायोमेट्रिक विवरण सङ्कलन | कबुलियत गराएर भन्सार जाँचपास थालियो |

आजको दिन विद्युत व्यापारमा कोसे ढुंगा : प्रधानमन्त्री दाहाल

Ujyalosandeshonline 11200+ समाचार ( )
१९ पौष २०८०, बिहीबार

रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले भारतसँग १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएकाले आजको दिन विद्युत व्यापारका दृष्टिले कोसे ढुंगा हुने विश्वास व्यक्त गरेका छन् । 

रामेछापको सुनापति गाउँपालिकामा निर्मित प्रशासकीय भवनको बिहीबार दिउँसो उद्घाटन गर्दै उनले भारतीय विदेशमन्त्री एस जयशंकरको नेपाल भ्रमणका क्रममा भएको सहमति नेपालको ऊर्जा व्यापारका क्षेत्रमा गुणात्मक फड्को हुने बताए । 

बिहीबारै नेपाल आएका भारतीय विदेशमन्त्री जयशंकरको उपस्थितिमा नेपाल–भारत ऊर्जा व्यापार सम्झौतामा हस्ताक्षर भएको छ । भारतले १० वर्षमा नेपालबाट १० हजार मेगावाट विद्युत खरिद गर्ने सम्झौता भएको हो ।

उक्त सम्झौताप्रति उत्साहित प्रधानमन्त्री दाहालले भने, ‘मेरो भारत भ्रमणका क्रममा नै नेपालले १० वर्षमा १० हजार मेगावाट विद्युत भारतलाई बिक्री गर्ने सहमति भएको थियो । भारतका विदेशमन्त्रीको भ्रमणले अब नेपालले विद्युत निर्यात गर्ने ठोस सम्झौता भएको छ । यो आफैंमा ऐतिहासिक उपलब्धि हो । भारतमा मात्रै होइन, बंगलादेशसँग समेत विद्युत निर्यातको ढोका खुलेको छ । अब भारतको ग्रिड प्रयोग गरी बंगलादेशसँग विद्युत व्यापार हुनेछ ।’

अर्को प्रसंगमा उनले संसदको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुंगोमा पु¥याउन सत्ता गठबन्धनले राष्ट्रिय सहमति चाहेको स्पष्ट पारे ।

‘यो सत्ता गठबन्धन सानो दुःखले बनाएको गठबन्धन होइन, त्यसैले गठबन्धन सुदृढ गर्न हामी सबै दृढ छौं । तर, कतिपय विषयमा राष्ट्रिय सहमति जरूरी हुन्छ, त्यसले मुलुक र लोकतन्त्रको हित नै गर्छ । अहिले हामीले सदनको प्रभावकारी सञ्चालन र संक्रमणकालीन न्याय सम्बन्धी काम टुंग्याउन राष्ट्रिय सहमति चाहेका छौं,’ उनले भने

उनले रामेछापका जनप्रतिनिधिलाई सेवा प्रवाह, शिक्षा–स्वास्थ्यको विकास, कृषि–पर्यटनको प्रवर्धन र रोजगारी सिर्जनामा केन्द्रित हुन अपील पनि गरे । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार