मुख्य समाचार
‘डिजिटल’ रूपान्तरणलाई शासन, विकास र राष्ट्र निर्माणसँग जोड्नुपर्छः सञ्चारमन्त्री | धकधईमा राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा दीप प्रज्वलन गरी संविधान दिवस मनाइयो | देवदह र ओमसतियामा विश्व हिन्दू परिषद्को समिति गठन | ४० लाखभन्दा बढी मूल्यको भन्सार छलीको अवैध मदिरा र कारसहित दुई जना पक्राउ | गणपूरक संख्या नपुगेपछि फतुवा विजयपुरको नगरसभा स्थगित | रोहिणीको छिपागढ र धकधईमा संविधान दिवस मनाइयो | मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु | रसुवा बाढीपछि मुस्ताङमा पर्यटक आगमन घट्यो | छारेभिरमा पहिरो खसेपछि कर्णाली करिडोर ठप्प | तानसेनको मध्यकालीन पहिचान खोजिँदै |

निर्वाचनका लागि सबैखाले सुरक्षा व्यवस्था मिलाउन निर्देशन

Ujyalosandeshonline 12356+ समाचार ( )
३ माघ २०८०, बुधवार

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचनका लागि आवश्यक सुरक्षा प्रवन्ध मिलाउन सरकारलाई निर्देशन दिएको छ । बुधबार आयोगले एक विज्ञप्ति जारी गर्दै माघ ११ गते हुने राष्ट्रिय सभा सदस्य निर्वाचन व्यवस्थापनलाई सुव्यवस्थित रूंपमा अगाडि बढाउन मतदाता, उम्मेदवार, निर्वाचन अधिकृतको कार्यालय, निर्वाचनमा खटिएका कर्मचारी, निर्वाचन सामग्री, मतदान स्थललगायत निर्वाचनमा हुनसक्ने सम्भावित सुरक्षा चुनौतीहरूलाई मध्यनजर सुरक्षा व्यवस्था मजवुद बनाउन निर्देशन दिएको हो ।

निर्वाचन सुरक्षा (व्यवस्थापन) निर्देशिका, २०७८ बमोजिम गठित उच्चस्तरीय निर्वाचन सुरक्षा समितिका संयोजक आयुक्त सगुनशमसेर जबराको अध्यक्षतामा बसेको बैठकले सिफारिस गरेका आधारमा  बुधबार आयोगले यस्तो निर्देशन जारी गरेको आयोगका सहायक प्रवक्ता श्रीधर पन्थीले जानकारी दिए ।

सुरक्षा प्रबन्धका लागि आयोगले तयार गरेको मतपत्र ढुवानी कार्ययोजना बमोजिम गृह मन्त्रालयको समन्वयमा सुरक्षा निकायबाट आवश्यक सुरक्षा दिनुपर्ने, प्रदेश राजधानी रहेका जिल्लाहरू क्रमशः मोरङ, धनुषा, मकवानपुर, कास्की, दाङ, सुर्खेत र कैलालीमा रहेका प्रदेश निर्वाचन कार्यालयहरूमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालय तथा निर्वाचनको कार्यमा खटिएका सम्पूर्ण जनशक्तिको सुरक्षा व्यवस्था मिलाउन निर्देशन दिएको छ । 

त्यस्तै, प्रदेश सभा सदस्यहरू, गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख निर्वाचक मण्डलमा रहने र निर्वाचक मण्डलका सदस्यहरू प्रदेशभर छरिएर रहेकाले आफु रहेका स्थानीय तह वा जिल्लाबाट मतदान स्थल तोकिएको प्रदेश राजधानीसम्म र प्रदेश राजधानीमा निज बसेको स्थानबाट मतदान केन्द्रसम्म मतदान प्रयोजनका लागि आउने र जाने मार्ग तथा आवासीय क्षेत्रमा आवश्यक सुरक्षा प्रवन्ध मिलाउन पनि निर्देशन जारी गरेको छ । 

 उम्मेदवार र मतदाताहरू निर्वाचन कार्यक्रममा सहभागी हुँदा सम्बन्धित जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर मात्र आवागमन गर्ने व्यवस्था मिलाउन, तोकिएका मतदान स्थल तथा मतदान केन्द्र र मतगणना स्थलको सुरक्षा प्रवन्ध मिलाउन, निर्वाचन आचार संहिता कार्यान्वयनको सन्दर्भमा सुरक्षा निकायबाट आवश्यक निगरानी गरी विवरण उपलब्ध गराइदिन पनि आयोगले निर्देशन जारी गरेको छ । 

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार