मुख्य समाचार
पोखरा–दुबई सिधा उडानः टिकट बुकिङ खुला | लुम्बिनी प्रदेश प्रहरीको विशेष ‘अपरेसन’, सुशासनका पक्षमा सहयोग | पर्यटन प्रर्द्धनका लागि ‘नेपाल बुझ्न गोरखा जाऔँ’ अभियान | स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने | पहिरोले अवरुद्ध कर्णाली करिडोर एकतर्फी खुल्यो | केरा खेतीबाट आत्मनिर्भर बन्दै बोरुङका किसान | रगतको अभाव हुन नदिन रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने | रासायनिक मल उठाउन तथा वितरण प्रक्रियामा आवश्यक समन्वय गर्न निर्देशन | टिपर दुर्घटनामा एक जनाको मृत्यु, एक घाइते | मुस्ताङमा रसिलो स्याउको ब्रान्डी बनाउने सरकारी उद्योग बन्द |

रोल्पा घटना प्रति मुख्यमन्त्रीद्धारा दुःख व्यक्त

Ujyalosandeshonline 11514+ समाचार ( )
१६ मंगशिर २०८१, आइतबार

दाङ–लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आइतबार रोल्पा जिल्लामा भएको दुर्घटना प्रति दुःख व्यक्त गर्नु भएको छ । रोल्पामा झोलुंगे पुल निर्माणको क्रममा माटोको ढिस्कोले पुरिएर पाँच जनाको मृत्यु भएको घटनाले स्तब्ध तुल्याएको उल्लेख गर्दै मृतक प्रति श्रद्धाजली र परिवारजनमा गहिरो समवेदना व्यक्त गर्नु भएको हो । 

निर्माणको काममा व्यक्तिगत सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आयोजनाको काम बढाउन मुख्यमन्त्री आचार्यले सम्बद्ध पक्षलाई निर्देशन दिनु भएको छ ।‘पुल निर्माणको काममा खटिएको बेलामा भएको घटनाले स्तब्ध र दुखी बनाएको छ’मुख्यन्त्रीले जारी गरेको श्रद्धाञ्जली व्यक्तत्वमा भनिएको छ,‘निर्माणको कामहरु गर्दा त्यहाँ खटिने श्रमिकहरुको सुरक्षा सुनिश्चित गरेर मात्रै अघि बढाउन अनुरोध गर्दछु ।’

रोल्पा सुनछहरी गाँउपालिका वडा नं.३ बाहिरि गाम भन्ने स्थानमा मौलावाङ र बाहिरी गाम जोड्न झोलुङ्गे पुल निर्माणको लागी खाल्डो खनेर पर्खाल लगाउने काम चलिरहदा माथिबाट माटोको ढिस्को भत्किएर पुरिदा पाँच जनाको मृत्यु भएको थियो । 

घटनामा परेर सुनछहरी गाउँपालिका वडा नं.३ बाहिरी गाम बस्ने बर्ष ४५ का दुजमन परियार, सोही ठाउँ निवासी बर्ष ३१ का ओम परियार, बर्ष ४० का सुबित्रा परियार, बर्ष २७ का आईती परियार, वडा नं. ३ बहिरी गाम बस्ने बर्ष ६६ को देबिराम परियारको मृत्यु भएको थियो । चार जनाको पहिलो चरणमा र एक जनाको दोस्रो चरणमा शव निकालिएको थियो । 

एल.बि.एण्ड पल्लभी जक्सन जेभी निर्माण सेवा अन्तर्गत उक्त स्थानमा ७ जनाले काम गर्दै थिए । जस मध्य दुई जनाले भागेर ज्यान बचाउन सफल भएका थिए । उनिहरुको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार