मुख्य समाचार
रुपन्देहीमा २२ लाख बढीको अवैध सामान बरामद, रातभर चल्छ तस्करको रजगज | "घुससहित पक्राउ परेका मालपोतका कर्मचारीसँग थप अवैध रकम बरामद" | विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह | भैरहवा मालपोतका नायब सुब्बा २ लाख घुससहित पक्राउ | नौतनवामा नेपाल–भारत पत्रकार मैत्रीपूर्ण क्रिकेट शनिबार, ट्रफी सार्वजनिक | सरकारी अस्पतालको ओपीडीमा फेरि आइतबार बिदा, आकस्मिक सेवा २४ सै घण्टा खुला रहने | पाल्हीनन्दन गाउँपालिकामा स्वास्थ्य कार्यक्रमको अर्धवार्षिक समीक्षा सम्पन्न | सिद्धार्थनगरमा सडकको हाटबजार भवनमा सर्‍यो, १२ करोडको पूर्वाधार सञ्चालनमा | रुपन्देहीमा एकै महिनामा २० जनाद्वारा आत्महत्या, युवा र पुरुषको संख्या उच्च | रुपन्देहीमा नक्कली नेपाली नोटसहित चार जना पक्राउ |

काँकडभिट्टा र कञ्चनपुरदेखि मिटरब्याज पीडितको पैदलमार्च

Ujyalosandeshonline 11005+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

कञ्चनपुर । मिटरब्याज पीडितले न्यायका लागि फेरि आजदेखि पैदलमार्च गर्दैछन् । यसपटक पूर्वको झापा र पश्चिमको कञ्चनपुरदेखि एकसाथ पैदलमार्च लिएर उनीहरू काठमाडौं आउन लागेका हुन् । 

मिटरब्याज तथा ठगी विरुद्ध किसान मजदूर संघर्ष समितिले सोमबार पत्रकार सम्मेलन गर्दै मंगलबार झापा र कञ्चनपुरबाट एक साथ पैदलमार्च प्रारम्भ हुन लागेको जानकारी दिएको छ ।

समितिका अध्यक्ष अवधेश कुशवाहाले मंगलबार झापा र कञ्चनपुरबाट एकैसाथ पैदलमार्च सुरू हुने बताए । आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण सरकारलाई सुनाउन फेरि हिँडेर काठमाण्डौको शान्तिवाटिका पुग्न लागेको उनले बताए । 

‘झापाको काँकडभिट्टा र कञ्चरपुरको महेन्द्रनगरबाट एकसाथ पैदलमार्च सुरु गरेर दुवैतर्फको टोली चितवनमा भेट हुनेछ । चितवनबाट संयुक्त रुपमा काठमाण्डौ छिर्ने कार्यक्रम रहेको छ,’ उनले भने । 

१५ दिनपछि काठमाडौं पुग्ने लक्ष्य राखिएको उनले बताए । यसअघि मिटरब्याज पीडितले महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ पुगेका थिए । उनीहरूका समस्या समाधान गर्न सरकारले जाँचबुझ आयोग पनि बनाएको थियो । आयोगले छानबिन पनि गरिसकेको छ ।

तर आयोगले करिब ५ हजार पीडितको फाइलमा मिलापत्र गराएकोबाहेक अझै करिब २२ हजार पीडितहरूले न्याय पाउने निश्चित छैन । आयोगले बुझाएको प्रतिवेदन सरकारी दराजमा थन्किएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार