मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ

Ujyalosandeshonline 11768+ समाचार ( )
५ वैशाख २०८२, शुक्रबार

बारा प्रहरीले विभिन्न स्थानबाट ३६७ किलो १४० ग्राम लागू औषध गाँजा सहित ५ जनालाई पक्राउ गरेको छ । जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.३ बजनीबाट प्रहरीले लागू औषध गाँजा सहित मकवानपुर कैलास गाउँपालिका ४ बस्ने वर्ष ३२ को राजन लामा , हेटौडा उ.म.न.पा.३ बस्ने वर्ष ३३ को ईश्वर लोप्चन र कैलास गा.पा.१० बस्ने वर्ष २७ को जिवन ठोकरलाई पक्राउ गरेको हो । 

हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको अवस्थामा ३०५ किलो लागू औषध गाँजा सहित पक्राउ गरिएको बारा प्रहरीका प्रवक्ता, प्रहरी नायव उपरीक्षक (डिएसपी) विजयराज पण्डितले जानकारी दिए । 

उनका अनुसार  ईलाक प्रहरी कार्यालय प्रसौनीबाट खटिएको प्रहरी टोलीले २ किलो १४० ग्राम लागू औषध गाँजा सहित प्रसौनी गा.पा.वडा नं.४ खुटवा बस्ने वर्ष ३१ को पवन कुमार साहलाई पक्राउ गरिएको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी टोलिले ६० किलो लागू औषध गाँजा बरामद गरेको उनको भनाइ छ ।

पचरौता न.पा.वडा नं. १ मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकेर नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा लागू औषध गाँजा वरामद गरीएको  उनले बताए ।भारत बिहार प्रान्त मोतिहारी जिल्ला पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने बर्ष २५ को राजबिहारी कुमारलाई नियन्त्रणमा लिइएको बारा प्रहरीले जानकारी दिएको छ ।यस विषयमा आवश्यक अनुसन्धान र कानूनी कारवाही प्रकृया अगाडी बढाईएको  जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार