मुख्य समाचार
नागरिकको दुःखमा मलम लगाउन ओमसतिया गाउँपालिका तत्पर: प्रधानमन्त्री राहत कोषमा रु. २४ लाख सङ्कलन | ठाडेखोला कल्भर्ट निर्माण गरिँदै | मुस्ताङमा छिटो पाक्ने स्याउ टिप्न सुरु | सुदूरपश्चिममा गौरा पर्व सुरु : घरघरमा बिरुडा राखी मनाइँदै | त्रिशूलीमा भेटिएका बेवारिसे शवको व्यवस्थापन गरिँदै | चार राउण्ड हवाई फायर गरी १५८ ग्राम खैरो हेरोइनसहित दुई भारतीय पक्राउ | सामान लिन कोरला नाकातर्फ जाँदै कन्टेनर | नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै | ‘आफ्ना मान्छे फर्कने आशा र अनिष्टको डरबीचमा बाँकेका पीडित परिवार’ | जुम्लामा एक हजार ९०० क्विन्टल चामल मौज्दात |

काँग्रेस रुपन्देहीले भैरहवामा म्याराथन प्रतियोगिता गर्दै

Ujyalosandeshonline 12202+ समाचार ( )
२० भाद्र २०८१, बिहीबार

भैरहवा । नेपाली काँग्रेस रुपन्देहीले यही भदौ २४ गते सोमबार भैरहवामा खुल्ला मिनी म्याराथन प्रतियोगिता गर्ने भएको छ । १११ औं विपी जन्म जयन्तीको अवसरमा ‘खुल्ला मिनी म्याराथन प्रतियोगिता’ आयोजना गरिएको काँग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाणले जानकारी दिए ।

युवाहरुमा खेल क्षेत्रप्रति उत्साह जगाउँदै खेलको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले प्रतियोगिताको आयोजना गरिएको उनले बताए । पाँच किलोमिटरको प्रतियोगिता गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सुरु भइ लुम्बिनीरोड, बुद्धचोक, बर्मेलीटोल, नारायणस्थान हुँदै मिलनचोक आएर समापन हुने कार्यक्रम संयोजक तथा काँग्रेस रुपन्देही जिल्ला सदस्य ओम कुमार श्रेष्ठले जानकारी दिए । कार्यक्रम संयोजक श्रेष्ठका अनुसार प्रतियोगिता बिहान ६ः३० देखि सुरु हुनेछ ।

प्रतियोगितामा खुल्ला र महिलातर्फ विजेताले अलगअलग पुरस्कार पाउनेछन् ।खुल्लातर्फ प्रथम पुरुस्कार रु. १० हजार र मेडल, द्वितीय पुरस्कार रु. ५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडल र सान्त्वना पुरस्कारहरु २ जनालाई रु. १ हजार ५ सय र मेडल दिइनेछ । 

त्यसै गरी महिलातर्फ प्रथम पुरस्कार रु. १० हजार तथा मेडल, द्वितीय पुरस्कार रु.५ हजार र मेडल, तृतीय पुरस्कार रु. ३ हजार र मेडलको व्यवस्था गरिएको कार्यक्रम संयोजक श्रेष्ठले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार