मुख्य समाचार
‘जघन्य प्रकृतिका अपराधसम्बन्धी अनुसन्धानमा सिआइबीको भूमिका प्रसंशनीय’ | कोटहीमाई गाउँपालिकामा कर्मचारीद्वारा तालाबन्दी: प्रशासनिक कामकाज ठप्प | जिल्ला प्रशासन कार्यालय गुल्मीले वार्षिक प्रगति विवरण सार्वजनिक | नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिदमा साढे २० करोडभन्दा बढी हिनामिना भएको अध्ययन समितिको निष्कर्ष | भैरहवामा ‘यु एस पिज्जा’, स्वदेशी ब्रान्डमार्फत रोजगारी सिर्जनामा जोड | स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ | सार्वजनिक ऋण व्यवस्थापन ऐन संशोधन मस्यौदामा सुझाव माग | जब रामकोटमा पर्यटकलाई झोर्ले भन्दै स्वागत गरिन्छ... | वर्षाका कारण विभिन्न राजमार्ग प्रभावित | नेपाल-कोरिया श्रम सहयोग गोष्ठी सम्पन्न |

रौतहटमा मातृ शिशु स्वास्थ्य क्लिनिक र चमेना गृहको उद्घाटन, सरकारी अस्पतालमा विश्वास बढाउन मुख्यमन्त्रीको जोड

Ujyalosandeshonline 11768+ समाचार ( )
२८ श्रावण २०८२, मङ्गलबार

रौतहट । मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले मंगलबार रौतहटको गौरस्थित प्रादेशिक अस्पतालमा मातृ शिशु स्वास्थ्य (एमसिएच) क्लिनिक र चमेना गृहको उद्घाटन गर्नुभएको छ । उद्घाटन कार्यक्रममा बोल्दै मुख्यमन्त्री सिंहले सरकारी अस्पतालहरूले आम नागरिकको विश्वास जित्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले स्वास्थ्यकर्मीहरूलाई न्यूनतम शुल्कमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्न निर्देशन दिनुभयो र गौर अस्पतालमा नर्सिङ कार्यक्रम सुरु गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

मुख्यमन्त्री सिंहले आफूले गैरकानुनी रूपमा सञ्चालित निजी अस्पतालहरूलाई अनुगमन गरी बन्द गराएको र मापदण्डविपरीत सञ्चालनमा रहेका अस्पतालहरूको अनुगमनलाई निरन्तरता दिने बताउनुभयो ।कार्यक्रममा स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधन प्रसाद सिंहले संघीयतापछि प्रदेशका अस्पतालहरूको अवस्थामा सुधार आएको र मधेशलाई स्वस्थ बनाउने दिशामा प्रदेश सरकार लागेको बताउनुभयो । स्वास्थ्य सचिव डा. प्रमोद यादवले पनि संघीयतापछि प्रादेशिक अस्पतालहरू सुधारको नमुना बनेको उल्लेख गर्नुभयो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार