मुख्य समाचार
बाँदरलाई हानेको गोली लागेर ५२ वर्षीय तामाङको मृत्यु | कांग्रेसको महाधिवेशनमा उत्साहपूर्वक सहभागी हुन सभापति थापाको आह्वान | इन्द्रसरोवर इभी दुर्घटनाका चारै मृतकको सनाखत | घरपझोङ जलवायु परिवर्तन सम्मेलन सुरु | रुपन्देहीमा कटुवा पेस्तोल र छर्रासहित दुई जना पक्राउ | मेलाबाट उठेको रकम पर्यटनमा लगानी | पोखरामा जग्गाको कित्ताकाट खुल्यो | कृष्णभीरमा नयाँ ट्याक अन्तिम चरणमा : असोज १ गतेदेखि यातायात सञ्चालनको तयारी | गणेश चतुर्थी : देशभरका गणेश मन्दिरमा पूजा आराधना एवं दर्शन गर्ने भक्तजनको लाम | सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन |

रूपन्देही सुपरलिगः तिरुपति सेमिफाइनल प्रवेश

Ujyalosandeshonline 12321+ समाचार ( )
२३ माघ २०८१, बुधवार

भैरहवा । तिरुपति क्रिकेट क्लब भैरहवामा जारी रुपन्देही सुपरलिग क्रिकेट प्रतियोगिताको सेमिफाइनल प्रवेश गरेको छ । प्रतियेगिता अन्तर्गत बुधबार भएको ‘ए’ डिभिजनको खेलमा सैनामैना क्रिकेट क्लबलाई ५ विकेटले पराजित गर्दै तिरुपति सेमिफाइनल पुगेको हो ।

सिद्धार्थ क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको सैनामैनाले निर्धारित ४३ ओभरमा २२ ओभर ५ बल खेल्दै सबै विकेट गुमाएर १ सय १ रन बनायो । उसका लागि ईश्वर क्षेत्रीले २८, विक्रम गौतमले १९ र प्रदीप सुवेदीले १० रन बनाए पनि अन्य ब्याटरले भने दोहोरो अंकमा रन बटुल्न सकेनन् । तिरुपतिका सन्दीप मौर्यले ६ ओभर ५ बल बलिङ गर्दै २७ रन खर्चेर ६ विकेट हात पारे । यस्तै, सुलभ ढुंगानाले २ तथा रुपेश कुर्मीले १ विकेट लिए ।

जवाफी ब्याटिङ गरेको तिरुपतिले २० ओभर ४ बलमा ५ विकेटको नोक्सानीका १ सय २ रन बनाउँदै लक्ष्य भेट्टाई सेमिफाइनल यात्रा पक्का गर्यो । उसको जितमा एजाजुल हकले २९ तथा कमल विक र तुलबहादुर थापाले समान १५–१५ रन प्रहार गरे । बलिङमा सैनामैनाका किरण भट्टराई, ईश्वर क्षेत्री, गोपाल शर्मा, प्रदीप सुवेदी र विक्रम गौतमले समान १–१ विकेट लिए । खेलमा तिरुपतिका सन्दीप मौर्य प्लेयर अफ द म्याच भई एक हजार दुई सय रुपैयाँ प्राप्त गरे ।

रुपन्देही क्रिकेट संघको आयोजना र सिद्धार्थनगर नगरपालिकाको सहप्रायोजनामा जारी प्रतियोगिताको विजेता टिमले नगद १ लाख १ रुपैयाँ र उपविजेताले ५० हजार १ रुपैयाँ नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै, हरेक खेलको म्यान अफ द म्याचले १ हजार दुई सय, म्यान अफ द सिरिजले १५ हजार, बेष्ट ब्याटर, बेष्ट बलर र उदयीमान खेलाडीले जनही ५ हजार रुपैयाँ पाउने संघका कोषाध्यक्ष तथा खेल संयोजक निरजप्रताप खाँणले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार